काठमाडौं–प्रतिनिधि सभा निर्वाचनमा चर्चामा आउन काडमाडौं क्षेत्र नं ४बाट स्वतन्त्र उम्मेदवार बनेका अर्जुन प्रसाइँले चरित्रहिन गतिविधि देखाउँदै आएका छन् । समाज रुपान्त्रणका लागि प्रतिनिधि सभाको उम्मेदवार बनेका प्रसाइँले मदिरा सेवन गरेर मत माग्ने हिँड्ने गरेको पाइएको छ । ‘उम्मेदवार जस्तो मान्छे मदिरा सेवन गरेर आएका थिए,’ काठमाडौं क्षेत्र नं ४ बुढानीलकण्ठ नगरपालिका एक मतदाताले भने, ‘मत माग्न जाँदा मदिरा सेवन नगर्न सुझाव दिँदा उल्टै गालीलगौजमा उत्रिए ।’
मत नदिने आसय व्यक्त गर्ने मतदातालाई गाली गलोजमा उत्रिने गरेका छन् । ‘प्रसाइँ जाँड खाएर हल्ला गर्दै हिँड्ने गरेको छन्,’ अर्का एक स्वतन्त्र उम्मेदवार मनोज सापकोटाले भने । प्रसाइँले मतदाता मात्र नभएर प्रतिस्पर्धीलाई पनि तल्लो तहमा झरेर गाली गर्ने गरेका छन् । लामो समय एमालेको राजनीति गरेका प्रसाइँ अहिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । काठमाडौं क्षेत्र नं ५ स्थायी घर भएका प्रसाइँ चर्चामा आउन नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र एमाले विदेश विभाग प्रमुख राजन भट्टराई उम्मेदवार भएको क्षेत्रमा आएका छन् । उनको मतदाता नामावली पनि काठमाडौं क्षेत्र नं ५मा नै छ ।
सरकारी कर्मचारीबाट रिटायर्ड प्रसाइँको विगत इतिहास पनि राम्रो छैन । प्रसाइँ करिव ३० वर्ष नेकपा एमालेको राजनीति गरेर अहिले अर्का उम्मेदवार राजन भट्टराई अघोसित रुपमा सघाउन एमालेको भिजिलान्ते भएर उम्मेदवार बनेको अर्का स्वतन्त्र उम्मेदवार मनोज सापकोटाले आरोप लगागए । एक मिडियासँगकोको अन्तर्वातामा सापकोटाले भने– ‘प्रसाइँ एमालेबाट परिचालित हुन् ।’ आँफूले निर्वाचन नजित्ने देखेपछि उम्मेदवारी फिर्ता लिएको सापकोटाले बताए । सापकोटाले प्रसाइँ मंसिर ४ पछि जुवाको खालमा भेटिने बताए । प्रसाइँले आफ्नै बाबुआमालाई पनि हेरचाह नगरेर छोरीकोमा बस्दै आएका छन् । सरकारी सेवामा हुँदा अनियमितता गरेको आरोप उनी माथि छ । ‘प्रसाइँमाथि सम्पत्ति सुद्धिकरणले छानविन गर्नुपर्छ,’ सापकोटाले भने ।