• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • स्थानीय सरकार ,
  • पर्यटन ,
  • फोटो फिचर

बलेवाको हरेलो मेलामा मुख्यमन्त्री पाण्डेले भने- गण्डकीका हरेक क्षेत्रको सम्भावनाको खोजी गर्छौं

  • भदौ ५, २०८०

बागलुङ ।  बागलुङ गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका हरेक क्षेत्रको सम्भावनाको खोजी गर्ने बताएका छन । उनले गण्डकी प्रदेश धार्मिक प्रटनमा अब्बल रहेको हुँदा यहाँका हरेक क्षेत्रको सम्भावनाको खोजी र पहिचाहन गरी यिनको विकासमा लाग्ने बताएका छन । 
 मंगलबार बागलुङको बलेवा भैरवस्थान मन्दिरमा लाग्ने हरेलो मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश भित्रका धार्मिक स्थलको प्रचार प्रसार गरी गण्डकीलाई धार्मिक पर्यटकको गन्तव्यको रुपमा विकास गर्ने बताए । उनले गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका धार्मिक एवं सांस्कृतिक संम्पदानको संरक्षण र विकासमा निम्ती प्रदेश सरकारले गुरुयोजना बनाउने तयारी रहेको बताए । ‘हाम्रो प्रदेशमा धेरै धार्मिक महत्व बोकेका क्षेत्र छन, सवै जातजातिका आफ्नै रितिरिवाज अनुसारका चाडपर्व र संस्कृति छन । मुख्यमन्त्री पाण्डेले भने,–‘यिनको विकास र संरक्षणमा हामी सवैले जोड दिनुपर्दछन प्रदेश सरकार हातमा हात साथमा साथ दिन तयार रहेको छ ।’ उनले बलेवाको भैरवस्थान मन्दिर गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक गन्तव्यको रुपमा विकास गर्नका निम्ती आवश्यक बजेट व्यवस्थापन गर्नलाई जोड दिने बताए । पाण्डेले गण्डकीका धार्मिक क्षेत्रको प्रचारप्रसारका लागि हरेक धार्मिक सम्पदामा धर्मगुरुहरुको भ्रमण गराउने प्रदेश सरकारको योजना रहेको बताए । 
    मुख्यमन्त्री पाण्डेले मुलुकको विकासका निम्ती सवै वर्ग समुदायको साथको आवश्यक रहेको बताए । उनले सवैले हातमा हात, काँधमा काँध मिलाएर आगाडी बढन सके हामीले चाहेको समृद्धि प्राप्त गर्न सक्ने बताए । ‘हामीले गर्न चाहे यही सवै कुरा सम्भव छ, केही हुँदैन सक्दैनौ भन्ने खालको सोचलाई विकसित नगरौं, मुख्यमन्त्री पाण्डेले भने, हाम्रै ठाउँमा धेरै सम्भावना छन, यहाँ कसैले पनि केही गर्न सकिँदैन भनेर पलायन हुनेहो भने कहिलै पनि हाम्रो समाज र देश बन्दैन हामी यही केही गछौं भन्ने आठोट लिएर अगाडी बढ्यौ भने यही नै धेरै सम्भावना छन । ति सम्भावनाको हामीले खोजी गरौैं मातहता सरकारले साथ दिनेछन । 
फरक प्रसंगमा मुख्यमन्त्री पाण्डेले कार्यक्रममा उपस्थित आमा दिदिबहिनीलाई लक्षित गर्दै आफ्ना छोराछोरीलाई नेपालमा नै राखेर काम गर्ने मानसिकता विकास म आग्रह गरे । ‘हाम्रा छोराछोरीलाई नेपालमा राखेपछि काम लाग्दैन भन्ने मानसिकताबाट हामी पछि हट्नु  पर्छ , केही गर्ने हामिले नै हो, हाम्रा बाबुनानीलाई यही केही गरौै भन्ने सोचलाई अगाडी ल्याउन प्रेरित गर्नुपर्छ उनले भने,‘कक्षा १० पढिसकेपछि विदेश पठाउने मानसिकताको अन्तय गरौं, हाम्रा समाजमा हामीले केही गर्न सक्यौ भने भोलीको पुस्ताले पनि यही सिक्नेछन र त देश विकासमा टेवा पुग्ने छ ।’  उनले संघ, प्रदेश र स्थानिय सरकारको समन्वयमा मुलुकमा विकासको सम्भव रहेको बताए । 
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा बातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले बलेवा भैरवस्थान मन्दिरमा पछिल्लो समयमा धार्मिक पर्यटनको आगमन बढ्दै गएको र यसको विकासका निम्ती प्रदेश सरकार निरन्तर सहयोग गर्ने बताए । उनले आफु पनि यही क्षेत्रको भएका कारण मन्दिरको विकासका निम्ती थप कदम चाल्ने बताए । यस अघि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेको थापाले आफ्नै पालामा बनाएको गुरुयोजना अनसार मन्दिरको पुनःनिर्माणका लागि पहल थाल्ने बताए । 
कार्यक्रममा पुर्व राज्यमन्त्री एवं गण्डकी प्रदेश सभाका सदस्य चम्पादेवी खड्का, पुर्व सांसद सुर्य पाठक, बलावती शर्मा, गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, कृष्ण पाठक बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ लगायतले बलेवा क्षेत्र पर्यटनको प्रचुर संभावना रहेका कारण मन्दिर सँगै यहाँ  अन्य क्षेत्रको विकासमा पनि पहल थाल्नुपर्ने बताएका थिए । 

No description available.
बागलुङ नगरपालिका वडा न.१२ मा रहेको मन्दिर परिसरमा हरेक वर्ष हरेलो मेला गरिँदै आईएको छ ।  बाइसे चौबिसे राज्यको समयमा सन १७८० मा स्थापना भएको भैरवस्थान मन्दिर नेपाल सरकारको १०० पर्यटकीय गन्तव्य भित्र पर्दछ । भदौको पहिलो मंगलबार यस क्षेत्रका किसानहरुले हरेलो पर्व मनाउने र मन्दिरमा धुमधामका साथ पुजा आजा गर्ने गर्छन । त्यही अवसरमा गत वर्ष देखी हरेलो मेलालाई अझै व्यवस्थित गरी मनाउन थालिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।  
दुई दर्जन हिम श्रृंखलाको दृश्यावलोकन पनि गर्न सकिने अग्लो ठाउँको मन्दिरमा पुग्दा मनको इच्छा पुग्ने धेरैको विश्वास  रहेको छ । नियमित पूजा हुने मन्दिरमा साताको मंगलबार र शनिबार भक्तजनहरुको चाप बढ्दो रहेको छ ।  मन्दिरलाई बलेवा क्षेत्रका दर्जनभन्दा बढी गाउँको कोटको रूपमा समेत चिनिएको छ । उक्त मन्दिरमा दर्शनार्थि सँगैै आन्तरिक पर्यटक पुग्ने क्रम बढदो रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढकाल बताउँछन ।  
नारायणस्थान, पैयुँपाटा, अमलाचौर, भकुन्डे, रायडाँडा र कुश्मीसेरा लगायतका गाउँवासीले भैरवस्थानलाई परम्परागत कोटको रूपमा पनि मान्दै आएका छन । मौसमी समस्या र अन्य कामका लागि कोटको पूजागर्ने चलनरहेको छ । भैरवको पूजागर्दा आँटेको पुग्छ भन्ने विश्वासका साथ विभिन्न क्षेत्रबाट दर्शनार्थिहरु आउने गर्छन । No description available.
 मन्दिरमा तत्कालीन राजाहरूको भनिने पुराना खड्ग र त्रिशूल पनिरहेका छन । मन्दिर नजिकै पाग्जाकोटको धुरी पनि छ । धुरी नजिकै भ्युटावर पनि निर्माण गरिएको छ । मेलाको अवरमा खुल्ला छेलो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितमा राजकुमार श्रेष्ठ प्रथम र शिव पाठक द्धितिय भएका छन । त्यसैगरी मेलाको अवसरमा भजन, पञ्चेबाजा, लगायतका अन्य भाँकीहरु प्रर्दशन गरिएको थियो । कार्यक्रममा भाईरल गायिका सिम्रन परियार,गायीका सिता परियार, गायक रामजी पौडेल, कृष्ण अखेली लगायतले विभिन्न गित संगित प्रस्तुत गरेका थिए । 
कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालको अध्यक्षता, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठको स्वागत, मन्दिर व्यवस्थापन समितिका सचिव भिमप्रसाद शर्मा र कलाकार एवं संचारकर्मी कृष्ण अखेलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

No description available.

 

प्रतिक्रिया