‘बागलुङ नगरपालिकामा सुसासन र सदाचार कायम गछौं’

  • ब‌ैशाख १९, २०७९

आगामी स्थानिय तहको निर्वाचन साझा उम्मेदवार लिएर चुनावी मैदानमा उभिएका पाँच दलिय गठबन्धनका उम्मेदवारहरुले बागलुङ नगरपालिकामा  सुसासन र सदाचार कायम गर्ने काम पहिलो प्राथमिकतामा राखेको बताएका छन । उनिहरुले पछिल्लो पाँच वर्षको समयमा नगरपालिकामा विभिन्न अनियमितताका कुराहरु बाहिर आएका हुँदा यसको अन्त्यका लागि गठबन्धनमा आवद्ध दलका उम्मेदवारलाई जिताउनुपर्ने बताए । 
गठबन्धनका मेयरका साझा उम्मेदवार बसन्त कुमार श्रेष्ठ र उपमेयर राजु खड्का सहित बागलुङ नगरपालिका ७ मा भएको कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुको धारणा पनि यस्तै रहेको थियो । 
कार्यक्रममा बोल्दै नगरप्रमुखका उम्मेदवार बसन्तकुमार श्रेष्ठले बागलुङ नगरलाई समुन्नत नगरको रुपमा विकास गर्नका निम्ती यस पाली गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए । उनले आफुले नगरको नेतृत्व गर्दा यहाँ रहेका वेतिथिलाई चिरेर बागलुङ नगरपालिकालाई भ्रष्टचार मुक्त नगरको रुपमा स्थापित गर्ने योजना रहेको बताए । उनले १४ वटा वडाको विकासका निम्ती हरेक जनताको भनोभावना अनुसार काम गर्ने बताए । 
कार्यक्रममा नगर उपप्रमुखका उम्मेदवार राजु खड्काले नगर क्षेत्रका स्थानियको जिवन शैली परिवर्तन गर्ने अठोटका साथ आफुहरु नेतृत्वमा आउन लागेको बताए । उनले हिजो आफु जुन संस्थामा रहँदा गरेको परिवर्तन र अनुभवलाई सिंगो नगरपालिकाको विकास र परिवर्तनका लागि खर्चिने बताए । 
कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी नेपाली काँग्रेस बागलुङका पुर्व उपसभापति एवं महाधिवेशन प्रतिनिधि जगदिशचन्द्र उपाध्याय नेकपा माओबादीका स्थानिय नेता रामबहादुर विक लगायतले नगरपालिकालाई समृद्धिको बाटोमा लैजानका निम्ती सवैको साथ र रहयोग आवश्यक रहेको बताए । कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार दिलिपराज पन्त र वडा सदस्यका उम्मेदवारहरुले पनि आफ्ना धारणा राखेका थिए । 
कार्यक्रम नेपाली काँग्रेस बानपा ७ का सभापति शशिधर उपाध्यायको अध्यक्षता वडा अध्यक्षका उम्मेदवार दिलिपराज पन्तको स्वागत र काँग्रेसका महाधिवेशन प्रतिनिधि चिरञ्जीवी गौतमको संचालनमा सम्पन्न भएको थियो । 


 

प्रतिक्रिया