बरेङमा जनता सँग काँग्रेस अभियान सुरु 

  • फाल्गुण २६, २०७८

बागलुङ- नेपाली काँग्रेस बागलुङले संचालन गरेको जनता सँग नेपाली काँग्रेस अभियान विहिबार देखी जिल्लाको बरेङ गाउँपालिकामा पनि सुरुवात गरिएको छ । वडा नं. १ धुल्लुबास्कोटबाट सुभारम्भ भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जिल्ला व्यापी संचालन गरिएको यो अभियान स्थानिय तहको निर्वाचन लक्षित भएको बताए । उनले पार्टीको संगठन बलियो बनाउनकै निम्ती हरेक जनताको घरदैलोमा पुग्ने गरी काँग्रेसले अभियान संचालन गरेको बताए । शर्माले स्थानिय तह देखी केन्द्र सम्म काँग्रेसकै नेतृत्वमा हरेक महत्वपुर्ण काम र निर्णय भएका कारण आप्mना स्पष्ट धारणा राख्नका निम्ती अन्तरक्रिया तथा छलफलको माध्यमबाट जनता समक्ष पुगेको बताए । उनले विधि पद्धतिभित्र बसेर आम जनताले औपचारिक बहसमा उभिन जरुरी रहेको बताए । शर्माले काँग्रेसलाई बलियो बनाउनका लागि पार्टीको मेरुदण्ड नै तल्लो तहको संगठन भएको दाबी गरे । 
कार्यक्रममा काँग्रेसका महाधिवेशन प्रतिनिधि सिताराम रसाईलीले हरेक जनताको सुख दुःखको सारथी भनेकै काँग्रस रहेका कारण यसमा गौरवका साथ लाग्नका निम्ती सवैमा आग्रह गरे । कार्यक्रमा राष्ट्रिय जनमोर्चा लगायतका विभिन्न दल परित्याग गरी एक दर्जन कार्यकताए काँग्रेसमा प्रवेश गरेको सचिव शर्माले जानकारी दिए । 
कार्यक्रममा बरेङ गाउँपालिका संयोजक एवं काँग्रेसका जिल्ला सदस्य पार्वती शर्मा, प्रदेश महाधिवेश प्रतिनिधि मोतिरा गौतम, मायाँ थापा, बरेङ गाउँपालिका पार्टी सभापति तुलसीराम पौडेल वडा नं. ५ का वडा अध्यक्ष अमर शेरपुजा लगायतले बोलेका थिए । 
कार्यक्रम धुल्लुबास्कोटका सभापति पुर्ण बहादुर थापाको अध्यक्षता, बरेङ गाउँपालिकाका सचिव अमृत गौतमको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया