बागलुङ - मानव अधिकार तथा शान्ति समाज बागलुङको अध्यक्षमा निलकन्ठ शर्माको अध्यक्षतमा १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । शनिबार सम्पन्न २५ औँ साधारण सभाबाट मानव अधिकार तथा शान्ति समाज बागलुङको अध्यक्षमा शर्मा चुनिएका हुन् ।
समितिको उपाध्यक्षमा कमला चापागाईं, सचिवमा फणिन्द्र शर्मा, सहसचिवमा नारायण शर्मा, कोषाध्यक्षमा नवराज परियार चुनिएका छन् । समितिको सदस्यहरुमा ईश्वर ठाकुर पौडेल गंगा शर्मा रिजाल हरि गौतम रमेश शर्मा गंगा शर्मा रिजाल सृजना गौतम र गोविन्द शर्मा रहेको निर्वाचन अधिकृत प्रकाश बरालले जानकारी दिए ।
विकासमुखी राजनीति, सेवामुखी राज्यनीति उद्यममुखी समाज अधिकारमुखी संस्कृति भन्ने मुल नाराका साथ २५ औँ साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिब धिरज थापाले गुणस्तरीय शिक्षा र गुणस्तरी स्वास्थ्य पाउने नागरिकको अधिकार भए पनि उपभोग गर्न नसकेको बताए । उनले यस्ता विषय सबैका साझा विषय हुनु पर्ने बताए ।
बागलुङ नगरपालिका वडा नम्बर ११ वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, नेपाल पत्रकार महासँघ बागलुङका सचिव विजय राना, पत्रकार प्रकाश बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कोषअध्यक्ष फणिन्द्र शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष हरि प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचीव निलकण्ठ शर्माले गरेका थिए ।