नवयुवक आधारभुत बिद्यालयको ४१औ बार्षिकोत्सव सम्पन्न

  • पुस २२, २०७९

भरत सापकोटा- बागलुङ ।  बागलुङकाे काठेखोला गाउँपालिका-५ श्रीपालीमा रहेकाे नवयुवक आधारभुत बिद्यालयको ४१औ बार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिकोत्सव मुलसमारोहको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले शैक्षिक गुणस्तर बृद्धि गर्न त्रिपक्ष सम्बन्ध महत्वपुर्ण हुने बताएका थिए । उनले शिक्षक अभिभावक र विद्यार्थि बिच पारस्परिक सम्बन्ध हुनुपर्नेमा जोड दिएका थिए ।

थापाले सामुदायिक बिद्यालयको शैक्षित गुणस्तर खस्कदो रहेको गुनासो ब्यापक आईरहेको र अवस्थापनि त्यस्तै रहेकाले गुणस्तर बृद्धि कसरी गर्न सकिन्छ भनेर गाउँपालिकाले शैक्षिक कार्यविधि निर्माण गर्न लागेको बताए । हामी शिक्षक,अभिभावक ,तथा बिद्यार्थिहरु बाट समेत सुझाव संकलन गरिन लागेको छौ थापाले भने तपाईहरुको सकरात्मक सुझावको अपेक्षा गर्दछौ।थापाले शिक्षा लाई कसरी प्रभाव कारी बनाउने र उत्पादित जनशक्ति ले देश र समाज का लागि उपलब्धिमुलक काम गर्नसकुन भन्ने उदेश्य रहेको थापाले बताए। गत १७ गते बाट बिबिध कार्यक्रमहरु संचालन गरिएको थियो ।  कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक देवनारायण सापकोटाले  विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।  सो अवसरमा भुकम्प पुननिर्माण प्राधिकरणबाट यस विद्यालयमा ७०लाख ४०हजार लागतमा निर्माण ४ कोठे भवनको उद्धाटन् गरिएको छ । 

कार्यक्रमहरु अन्तर बिद्यालय स्तरिय हाजिर जवाफ प्रतियोगिता,हिसाब दौड,घैटो फोर,बेलुनफुटाई,एकल नृत्य प्रतियेगिता,लगाएत का कार्यक्रमहरु सम्पन्न भएको थियो। अन्तर बिद्यालय स्तरिय हाजिर जवाफ प्रतियोगिता ४टिम सहभागि थिए भने अमर मा बि बिहुँ ,कर्लिम आधारभुत बिद्यालय कर्लिम क्रमश प्रथम ,द्धितिय भएका थिए भने प्रथमले नगद रु ३ हजार प्रमाण पत्र र द्धितिय ले नगद रु दुई हजार र प्रमाण पत्र प्राप्पत गरेका थिए।संस्थापक तथा जग्गादाता चन्दादाता ,अक्षय कोषदाता,हरुलाई प्रसंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सेवानिवृत सुजता साक्य तथा पुर्व शिक्षक रामशरण पोखरेल भिम पुन लाई बिदाई गरिएको थियो,। कार्यक्रममा काठेखोला गाउँपालिका ५ का वडा अध्यक्ष ज्ञामनाथ कंडेल, वडा १का वडा अध्यक्ष खडक थापा, नेपाल शिक्षक संघ बाग्लुङका अध्यक्ष उमाकान्त शर्मा पौडेल, बिद्यालयको श्रोत ब्यक्ति रमानन्द कंडेल महिला नेतृ ज्ञानकुमारी श्रीष शर्मा ,बिद्यालय व्यबस्थापन समिति सदस्य भुमिश्वर कंडेल,लगाएतले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बालाकृष्ण सापकोटाको अध्यक्षता शिक्षक नन्दकुमारी ठकुरीको स्वागत र शिक्षक अमर सेजुवालको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया