बागलुङ -बागलुङको निसीखोला गाउँपालिकामा आफ्नै श्रीमानद्वारा श्रीमतीलाई कुटपिट गरी हत्या भएको छ । बागलुङको निसीखोला गाउँपालिका–६ रोबाङका धनबहादुर घर्तीले उनकी श्रीमती ३० वर्षीया मिना घर्तीलाई कुटपिट गरेर हत्या गरि फरार भएका छन । गत शनिबार राती घर्तीले श्रीमती मिनालाई कुटपिट गरेको बताईएको छ । श्रीमतीको मृत्यु भएपछि घर्ती फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए ।
फरार घर्तीको खोजतलास भइरहेको उनको भनाई छ । दुई जना बीच पटक–पटक विवाद हुँदै आएको छिमेकीले बताएका छन । मिनाको हत्या भएको १३ घण्टापछि मात्रै प्रहरीले खबर पाएको थियो ।