• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • स्थानीय सरकार

कुखुरा खान आएको चितुवालाई गर्धनमा समात्ने साहसी युवा राजन

  • कार्तिक ११, २०७८

जिल्लाको बडिगाड गाउँपालिका एक कुखुरा फर्ममा विहिबार विहान झिसमिसेमा एक पोथी चितुवा देखियो । बडिगाड गाउँपालिका–९ मालारानीका दिलबहादुर थापाको कुखुरा फर्ममा खोरको जाली च्यातेर भित्र छिरेको चितुवा विहान अवेरसम्म पनि बाहिर निक्केन । चितुवा बाहिर ननिस्केपछि पछि स्थानीयले सव डिभिजन कार्यालयको प्राविधिक टोलीलाई खबर गरे । प्रहरी, वन कर्मचारी र स्थानीयको जमघट हुँदासम्म पनि चितुवा खोर भित्रै नै रह्यो । बाहिर निस्कने कुनै चेष्टा गरेन ।  चितुवाले खोरमा भएका एक सय बोइलर कुखुरा मध्य केही खाएको थियो भने केही मारेको थियो ।  
स्थानियले खोरको ढोका खुल्ला गर्दासमेत चितुवा नभागे पछि स्थानीय, प्रहरी र वन कर्मचारीले टिन ठटाउने, थाल बजाउने जस्ता गतिविधि गर्न थाले । बाहिर निश्कन निकै कठिन ग¥यो । धेरै समयमको प्रयास पछि चितुवा बाहिर निस्केर बाख्राको खोरतर्फ लाग्यो । बाख्रा बचाउन स्थानीयले चितुवा धमाउँदै पछि पछि जाँदै गर्द चितुवा फेरि उल्टो फर्कियो, चितुवालाई धपाउने अगुवाई गरेका थिए बडिगाड गाउँपालिका–८ निवासी राजन पाईजाले । धपाउँदै जाँदा चितुवा फर्केर मानिस भए तर्फ आउन थाल्यो । राजन र चितुवाको जम्का भेट भयो । सवै जना डराएर भाग्दै गर्दा राजन भने डराएनन् । राजन र चितुवाको जम्का भेटभयो । कराते खेलाडी पाईजाले भाग्यवस चितुवाको घाँटी र गर्धन समात्न भ्याए । 
चितुवाले आक्रमण गर्नु अघि नै पाइजाले त्यसलाई नियन्त्रण गर्न सफल भए पछि नजिकमा भएका सबैले चितुवालाई जबरजस्ती नियन्त्रणमा लिन सफल भए ।  
नियन्त्रण गर्ने बेलामा पछिल्लो खुट्टाको भागले कोर्तन भ्याए पनि अन्य कुनै क्षति नभएको पाईजाले बताए । ‘चितुवा नियन्त्रणमा लिने बेला खुट्टामा सामान्य चोट लागेको छ, भाग्यले ठुलो क्षति हुन पाएन’ पाईजाले भने,–‘जीवनको अविस्मरणीय क्षण बन्यो ।’ पहिलो पटक चितुवालाई समातियो ।  समात्ने अवसर नपाएकै भए ठुलो क्षति हुने थियो होला च्याप्प समात्न पाउँदा ठुलो घटना हुनबाट बचियो । 
चितुवालाई गर्धनमा समात्ने मेसो नपाएको भए झम्टिन सक्ने उनको भनाई थियो । सुरुमा मैले समात्न भ्याए पाईजाले भने त्यसपछि सवैजना आउनुभयो समातेर लडायौ अनि नियन्त्रण लिन सहज भयो । 
नियन्त्रणमा लिए पछि चार खुट्टा बाँधेर तुरतुरे स्थित देवीस्थान सामुदायिक वनमा लगेर छोडेको सव डिभिजन वन कार्यालयका रेन्जर दिपक श्रीसको जानकारी दिए । यसरी एक युवाले साहस गर्दा चितुवा नियन्त्रणमा ल्याउन सफल भैयो । अन्य घटना हुनबाट जोगिएको श्रीसको भनाई छ ।  
 

प्रतिक्रिया