हिंसाबाट जोगाउन किशोरीलाई आत्मरक्षा तालिम

  • चैत २१, २०७८

बागलुङ-  किशोरीहरुलाई हिसांबाट जोगाउन बाग्लुङको बडिगाड गाउँपालिकाले किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरेको छ । विभिन्न बहानामा महिलाहरुमाथि हुने हिसांको प्रतिकार गर्न सकुन भन्ने उद्धेश्यले आत्मरक्षा तालिम प्रदान गरिएकोे गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पालिका भित्र रहेका विद्यालयहरुमा पुगेर तालिम प्रदान गरेको छ । पालिका भित्र सामुदायिक र संस्थागत गरी २३ वटा विद्यालयका झण्डै ११ सय भन्दा बढी किशोरीहरुले उक्त तालिम लिएको सयोंजक बिना थापाले जानकारी दिईन् ।
महिला तथा किशोरीमाथि हुनसक्ने आपराधिक घटना तथा क्रियाकलापलाई निरुत्साहित गर्ने ध्येयले उक्त तालिम दिईएको उनको भनाई छ । महिला, बालिका तथा किशोरीमाथि हुने दुव्र्यवहार अन्त्य गर्न तालिम महत्वपूणर् हुने उनले विश्वास व्यक्त गरिन् । तालिमको राष्ट्रिय कराते खेलाडी राजन पाईजा र कपिल रोका मगरले सहजीकरण गरेका थिए । 
तालिममा किशोरीहरू आपराधिक व्यक्तिको आक्रमणबाट कसरी बच्ने, संवेदनशील अङ्ग कसरी बचावट गर्नेदेखि आफूले प्रतिकार कसरी गर्ने भन्नेलगायतका सीपसहित प्रशिक्षण प्रदान गरिएको प्रशिक्षक राजन पाईजाले बताए ।
उक्त तालिममा यहाँका स्थानीय बिद्यालयका किशोरीलाई समावेश गरिएको छ । विषेशगरी छात्रालाई विद्यालयमा वा घरमा आउने जाने समयमा त्यस्ता आपराधिक घटना घट्न सक्ने भएकाले आत्मरक्षा तालिम दिन थालिएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले बताए । विद्यालय जाने बेला नै असुरक्षित महसुस गरिरहेका किशोरीहरू आत्मरक्षा तालिम पाउँदा खुसी भएका छन् ।

प्रतिक्रिया