महिला संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामाग्री सहयोग

  • साउन २५, २०७९

बागलुङ -नेपाल महिला संघ बागलुङले आफ्नो ७५औं स्थापना दिवसको अवसरमा विद्यालयमा खेलकुद तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । दिवसको अवसरमा बागलुङ नगरपालिका–९ तित्याङमा रहेको शिवालय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेको महिला संघ बागलुङका सचिव भगवती केसीले जानकारी दिईन । 
    विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचनले भलिवल, क्यारिमबोर्ड लगायतका खेलकुदका सामाग्री र शैक्षिक सामाग्री विद्यार्थी र प्रध्यानध्यापकलाई हस्तान्तरण गरेका थिए । कक्षा १ देखी ५ सम्म संचालन भएको विद्यालयमा हाल ९५ जना विद्यार्थी अध्ययनरत रहेका छन । 
    कार्यक्रममा बोल्दै सभापति शेरचनले महिलाहरु अब ३३ प्रतिशतमा मात्र सिमित हुनु नहुने बताए । उनले महिलाले पनि हरेक क्षेत्रको नेतृत्व लिनका लागि सक्षम छौं भन्ने प्रमाणित गर्ने अवस्था आएको बताए । शेरचनले नेपाली काँग्रेसको प्रमुख मेरुदण्डको रुपमा नेपाल महिला संघ भएका कारण पार्टीले हरेक गतिविधिमा महिला संघ सँग सल्लाह सुझाव लिएर अगाडी बढेको बताए । 
    कार्यक्रममा नेपाल महिला संघका केन्द्रीय सदस्य नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य पार्वती आचार्यले महिलाहरु अब सधै घरधन्दामा मात्र सिमिति हुनु नहुने बताईन । उनले महिला संघले आफ्नो स्थापना दिवसको अवसरमा हरेक वर्ष सामाजिक कार्यमा सहयोग गर्दे आएको बताईन । 
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री प्रसाद शर्मा, नेपाल महिला संघका क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष हुमा रिजाल, बागलुङ नगरपालिकाका अध्यक्ष पिंगला जिसी लगायतले बोलेका थिए । 
    कार्यक्रम नेपाल महिला संघ बागलुङका सचिव भगवती केसीको अध्यक्षता, काँग्रेस बागलुङका जिल्ला सदस्य लक्ष्मी शर्माको स्वागत र महिला संघका जिल्ला सदस्य पार्वती शर्माको संचालनमा सम्पन्न भएको थियो । 
चुलोचौकामा सीमित महिलालाई राजनीतिमा स्थापित गर्नका लागि महिलानेत्री मंगलादेवी सिंहको सक्रियतामा २००४ साउन २४ गते नेपाल महिला संघको स्थापना भएको हो । सिंहको सक्रियतामा काठमाडौँको भेडासिंस्थित चिनियाँलाल श्रेष्ठको घरमा भूमिगतरूपमा महिला भेला भएको थियो ।No description available.

भेलाले सिंहको अध्यक्षतामा ११ सदस्यीय महिला संघ तदर्थ कार्यसमिति गठन भएको थियो । महिला अधिकारका लागि राजनीतिक संगठन स्थापना भएको साउन २४ लाई नै नेपाली राजनीतिमा महिलाको प्रवेशका लागि कोशेढुंगाका रूपमा लिने गरिन्छ ।

No description available.

No description available.

प्रतिक्रिया