तरुणदल बागलुङले पालिका र वडा तहमा यस्तो दियो निर्देशन 

  • ब‌ैशाख २१, २०७९

बागलुङ- नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाल तरुणदल बागलुङले जिल्लाका दश वटै स्थानिय तह र ८५ वटै वडामा स्थानिय तहको निर्वाचनमा महत्वपुर्ण भुमिका खेल्न आग्रह गरेको छ । तरुणदलले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन तरुण युवाहरुलाई क्रियाशिल हुन आग्रह गरेको हो ।  
यही वैशाख ३० गते सम्पन्न हुन गैरहेकोे निर्वाचनमा नेपाली काँग्रेसले अबलम्बन गरेको एक बुथ १०० युथको अवधारणा अनुसार सवै वडामा सोही अनुसार व्यवस्थापन गर्न समेत निर्देशन गरिएको नेपाल तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा बाबुले जानकारी दिए । शर्माले संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास र समुन्नत नेपाल निर्माणको अभियानमा तरुण युवाहरुको भुमिका महत्वपुर्ण हुने र निर्वाचनलाई निपक्ष रुपमा संचालनका निम्नी पनि तरुण युवाहरु क्रियाशिल हुन आग्रह गरिएको छ । सवै पालिका र वडाका अध्यक्षहरुलाई पत्रचार गरी हरे मतदान केन्द्रहरु युवाहरु परिचालित भै मतदान केन्द्रको संरक्षण, असक्त मतदाताहरुलाई मतदान स्थल सम्म ल्याउने लैजाने र सहजीकरण गरी नेपाली काँग्रेसकाले निर्धारण गरेका संयुक्त गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन निर्देशनात्म अनुरोध गरेको शर्माले बताए । 
वडा तहमा युवा परिचालन समिति गठन गरेर निर्वाचनलाई स्वच्छ र निपक्ष बनाउनेमा तरुणदलले महत्वपुर्ण भुमिका खेल्ने छ । 
 

प्रतिक्रिया