बागलुङ नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा गठबन्धनको अग्रता रहेको छ । मेयरमा नेपाली कांग्रेसका उम्मेदवार बसन्त कुमार श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् । २ सय मतगणना हुँदा श्रेष्ठले १ सय ११ मत ल्याएर अग्रता लिएका हुन् ।
मेयरमा नेकपा एमालेका जनक पौडेलले ५७ मत ल्याएका छन् । उपमेयरमा नेकपा माओवादी केन्द्रका राजु खड्काले ९७ र राप्रपाका संजय खड्काले ५० मत ल्याएका छन् । अहिले बागलुङ नगरपालिका १ र १४ को मतगणना भैरहेको छ । त्यसैगरी बानपा १ मा पनि नेपाली काँग्रेसका जयबहादुर खत्रीले अग्रता ल्याएका छन । उनले ४१ मत प्राप्त गरेका छन भने नेकपा एमालेका दुर्गे सार्कीले ३५ मत प्राप्त गरेका छन । त्यस्तै बानपा १४ नारायणस्थामा पनि काँग्रेसका चक्रबहादुर खत्रीले अग्रता लिएका छन खत्रीले ७० मत ल्याएका छन भने उनका निकटम प्रतिस्पर्धि नेकपा एमालेका आनन्द आर्चायले २१ मत प्राप्त गरेको निर्वाचन कार्यालले जनाएकाे छ ।