बागलुङका उच्च पहाडी क्षेत्रमा हिमपात

  • माघ २१, २०७८

विहिबार राति देखी अविरल वर्षा सँगै परेको बाक्लो हिमपातका कारण मध्यपहाडी लोकमार्ग बागलुङ बुर्तिबाङ–निसी खण्ड अवरुद्ध भएको छ । निसिखोला गाउँपालिका वडा नम्बर ६ को सिपदेखि पाती हाल्नेसम्म लोकमार्ग अवरुद्ध भएको हो । हिमपातका कारण यस क्षेत्रको जनजिवन प्रभावित भएको निसीखोला गाउँपालिका –६ का वडा अध्यक्ष सुर्यबहादुर घर्ति मगरले जानकारी दिए । जिल्लाको अन्य जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन सिकार आरक्ष लगायत तमानखोला, गलकोट, काठेखोला गाउँपालिकाको घोडाबाँधे, ताराखोला, जैमिनी नगरपालिकाको गाजा दह र बडिगाडको माथिल्लो क्षेत्रमा बाक्लो हिमपात परेको छ ।

हिमपातका कारण दैनिक काममा निश्कन र पशुचौपायालाई घाँस दान खुवाउन कठिनाई भएको छ । हिउँले उच्च पहाडी क्षेत्र छपकै छोपेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे देखि बुर्तिवाङ खण्डको ठाउँ ठाउँमा हिमपात भएको बुर्तिबाङ जाँदै गरेका गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाले बताए । हिमपात परे सँगै मध्पहाडी लोकमार्ग बागलुङ घोडाबाँधे खण्डमा हिउँ खेल्न रमाउन जाने पनि बढेका छन । हिमपात परेपछि मध्यपहाडी लोकमार्ग घोडाबाँधेमा रमाउँदै गण्डकी प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटा सहित ।

प्रतिक्रिया