'जैमीनीका जनताको आवश्यकताको पहिचान गरि जनतालाई खुशी बनाउने छौ '

  • ब‌ैशाख १९, २०७९

बागलुङ - पाँचदलीय गठबन्धनको टोलीले सोमबार बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।

नगर प्रमुख पदका साझा उम्मेदवार नरबहादुर पुन, उप प्रमुख पदका उमेदवार हरिहर शर्मा, वडा नं २ का अध्यक्ष पदका उम्मेदवार प्रेम प्रसाद सापकोटा, वडा सदस्यका उम्मेदवार आनन्द अम्माई, होमनाथ सापकोटा, भगवती सापकोटा र कौशिला बिकले जनतासँग भेटघाट तथा परिचय गरेका हुन् । कार्यक्रममा स्थानीय नेता कार्यकर्ताले वडामा भएका आवश्यकताको बारेमा जानकारी गराएका थिए ।

उनले आफू निर्वाचित भएपछि भनसुन र पहुँचको आधारमा कुनैपनि काम नगर्ने भन्दै उनले आवश्यकताको आधारमा कार्यसम्पादन गर्ने पद्धति बसाउने बताए ।

‘जो जसलाई जे आवश्यकता छ त्यही व्यक्तिलाई आवश्यकताको पहिचान गरि सेवा प्रवाह गरिन्छ ।’ पुनले भने–‘हामी जनप्रतिनिधि बनेपछि कसैलाई आफ्नो र कसैलाई पराईको व्यवहार गरिने छैन ।’

नगर उपप्रमुखका उमेदवार हरीहर शर्माले अरु स्थानीय तहको तुलनामा जैमिनी पछाडी परेको आफू उपप्रमुख भएपछि शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार लगाएतको पहुँच बनाएर जैमीनीका जनताको आवश्यकताको पहिचान गरि जनतालाई खुशी बनाउने कार्यक्रम बनाएर अगाडि बढ्ने बताए।

जैमिनी नगरपालिकामा शान्ति सुरक्षा र सुशासन कायम गर्न आफूहरु प्रतिवद्ध रहेको बताउँदै उनले आवश्यक नियम बनाएर कार्य सम्पादन गर्ने बताए ।

नगर प्रमुख र उप प्रमुखका उम्मेदवारले हरेक नीति निर्माण र योजना बनाउँदा जनताको सुझाव र राय अनुसार बनाउने प्रतिवद्धता जनाए ।

वडा नं २ का वडाध्यक्ष पदका उम्मेदवार प्रेम प्रसाद सापकोटाले आफ्नो कार्यकालमा पूर्ण रुपमा जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे । जनताको समस्यामा आफू सँधै साथमा हुने भन्दै उनले समस्याको समाधान र जनमूखि काम गर्न आफू तत्पर रहेको बताए ।

प्रतिक्रिया