बागलुङ ६ (छ) मृत्यु प्रकरण : बागलुङ बजार बन्द यातायात ठप्प

  • जेठ ८, २०८१

बागलुङ-   परिवर्तित नाम बागलुङ छ मृत्यु प्रकरण अनर्तगत मंगलबार दिउँसो बागलुङ बजार बन्द गरिएको छ । झुण्डिएको अवस्थामा मृत फेला परेकी बागलुङ छ अन्र्तगत घटनामा माइती पक्षले सत्य तथ्य छानविनको माग गर्दै दैनिक जसो विरोध प्रदर्शन गर्दै आएका छन् ।

जसअन्र्तगत मंगलबार दिउँसो १२ बजेदेखि २ बजे सम्म बागलुङ बन्दको आव्हान गरिएको थियो । जस् अन्र्तगत बागलुङ बजारका पुरै सटर बन्द गरिएको छ भने यातयातका साधनहरु ठप्प समेत भएका छन् । आन्दोलनलाई निश्कर्षमा पु¥याउन कृष्ण भण्डारीको संयोजकत्वमा ५१ सदस्यीय संघर्ष समिति समेत गठन गरिएको छ ।

जेठ १ गते साँझ घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी बालिकालाई पति, सासु, नन्द र जेठा ससुराले कर्तव्य गरि हत्या गरेको भन्दै माइती पक्षले जेठ ३ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दर्ता गराएका थिए ।

प्रहरीले मृतक बालिकाका १७ वर्षीय पति, ३७ वर्षीया सासुलाई जेठ २ गते, १४ वर्षीया नन्द र ५४ वर्षीय जेठा ससुरालाई ४ गते गते गिरफ्तार गरी अनुसन्धान अगाडी बढाएको छ । घटना भएको सातौ दिन मंगलबार पनि पीडित पक्षले विरोध पर्दशन जारी राखेका छन् । बागलुङ बजार बन्दको आव्हान गर्दै पीडित पक्षले ¥याली गरेको छ ।

प्रतिक्रिया