महिलाहरुलाई अब्बल बनाउँदै गलकोट 

  • चैत १५, २०७८

बागलुङ - ‘हिजोको दिनमा घरको काममा मात्र सिमित हुने महिलाहरु अहिले आफ्नो व्यक्तित्व र नेतृत्वलाई विस्तारै विकास गर्दै गएका छौं । गलकोट नगरपालिका–३ हटियाकी मिना श्रेष्ठले भनिन्–‘सधै घरको काममा मात्र सिमिति हुने दिदिबहिनी पनि अहिले विभिन्न कार्यक्रमहरुमा देखिनुहुन्छ, संघ संस्थाको नेतृत्व लिनका लागि अग्रसर हुने गर्नुभएको छ । स्थानिय सरकार आए सँगै महिलाका पनि अधिकार गाउँगाउँमा आएको महशुस भएको छ । सवै दिदिबहिनीको क्षमता अभिबृद्धि भएको छ ।’ श्रेष्ठको मात्र हैन यस क्षेत्रका अधिकाशं महिलाहरुको क्षमता अभिबृद्धि र नेतृत्व विकास भएको छ ।
गलकोट नगरपालिकाले नगर भित्रका सम्पुर्ण वडा र टोलका महिलाहरुलाई लक्षित गरेर संचालन गरेको महिला सचेतना तथा नेतृत्व विकास कार्यक्रमले यस क्षेत्रका महिलाहरु हरेक क्षेत्रमा अब्बल बन्दै गएका छन । हिजोको दिनमा टोलटोलमा हुने महिलाहरुका कार्यक्रममा समेत बाहिर ननिश्कने महिलाहरु अहिले गाउँ वडा र नगरपालिका तहको कार्यक्रममा सहभागिता बढाएका छन । नगरपालिकाले संचालन गरेका यस्ता कार्यक्रमले पछिल्लो समयमा महिलाहरुको स्थानिय संघसंस्था देखी राजनिति प्रति पनि चासो बढ्दै गएको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगर बताउँछिन । नगरपालिकाले महिलाहरुको नेतृत्व विकासका साथ साथै प्रजनन स्वास्थ्य, वित्तिय साक्षरता, वाककला सम्बन्धी प्रशिक्षण दिए सँगै अहिले यहाँको महिला हरेक क्षेत्रमा अग्रसर बन्दै गएका हुन ।
महिलाहरु सधै घरको काममा मात्र सिमित हुने हैन । नगर उपप्रमुख काउचाले भनिन्–‘आफ्नो व्यक्तित्वको विकास गरी नेतृत्व समाल्नका लागि अगाडी बढ्नुपर्छ भन्ने उद्देश्य स्वरुप हरेक वडामा महिलाहरुका लागि यस्ता कार्यक्रम संचालन गर्दै आएका छौ, चुलो चौकामा मात्र सिमिति हैन आफ्नो क्षमता अभिबृद्धि गरी नेतृत्व विकास तर्फ पनि लाग्न जरुरी रहेको छ ।’  नगरपालिकाले संचालन गरेको यस्ता कार्यक्रमले महिलाहरुमा परिपक्वता मात्र हैन नेतृत्व विकास र समाजका हरेक कार्यक्रममा सहभागिता बढाएको काउचाले बताईन ।
नगरपालिकाले प्रत्येक वडामा रहेका आमा समुह सँग समन्वय गरेर कार्यक्रम संचालन गरेको छ । नगरपालिले संचालन गरेका यस्ता कार्यक्रमले पिछडिएका महिलालाई आफ्नो अधिकारबारे बुझाउने अवसर पनि रहेको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे बताउँछन । कतिपय ग्रामिण भेगका महिलालाई आफ्नो अधिकार समेत जानकारी नहुने र यस्ता कार्यक्रमबाट उनिहरुको हक अधिकारका बारेमा जानकारी हुनेका साथ व्यक्तित्व र नेतृत्व विकास भएको गैरेको भनाई छ । विभिन्न वडामा कार्यक्रम संचालन भए सँगै महिलाहरु हरेक क्षेत्रमा अग्रसर बन्दै गएको देखिएको छ । स्थानिय तहको निर्वाचन नजिकिए सँगै अहिले ३३ प्रतिशत मात्र हैन अझै नेतृत्वमा हामी महिला पुग्नुपर्दछ, गलकोट नगरपालिका–५ हरिचौरकी शोभा काउचाले भनिन् हामी पनि नेतृत्वमा आउन सक्ने भएका छौं अब समावेशीमा मात्र सिमितता हैन क्षमताको आधारमा समान अधिकारको खोज्न जरुरी छ । नगरपालिको संचालन गरेका यस्ता कार्यक्रममा महिलालाई थप अब्बल बन्नका लागि सहज हुने उनले बताईन ।
गलकोट नगरपालिकाले महिलाहरुलाई उद्यमी बनाउनका निम्ती नगर उप–प्रमुख दायित्व ग्रामिण महिला उद्यम विकास कार्यक्रम संचालन गरेको छ । दुई वर्ष पहिले देखी संचालन भएको कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय महिलाहरु सहभागित जनाएका छन । कार्यक्रममा उत्कृष्ट ४० बाट २० हुँदै अहिले उत्कृष्ट १० महिला छनौट भएका छन । उनिहरुले कसरी उद्यमी बन्ने र अगामी दिनमा समाज र समुदायमा बस्ने अन्य महिलाहरुलाई पनि कसरी उद्यमी बनाउने भन्ने विषयमा अब्बल बन्दै गएका छन । यस कार्यक्रमबाट अब उत्कृष्ट १ को छनौट हुने दायित्व संस्थाले जनाएको छ । नगरपालिकाले महिलाहरुलाई नेतृत्व विकास र आयआर्जन सँग जोड्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । विभिन्न संग संस्था सँग होस वा नगरपालिकाकै कार्यक्रम मार्फत होस महिलाहरुको क्षमता अभिबृद्धि गर्नुका साथै उद्यमी बनाउनु नगरको विकासका लागि महत्वपुर्ण भएको र अन्यलाई समेत प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
 

प्रतिक्रिया