विमान दुर्घटनामा मृत्यु भएका रचना र रियानको परिवारलाई बडिगाड गाउँपालिकाको सहयोग

  • माघ १२, २०७९

बागलुङ-  गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा परि मृत्यु भएका रचना काफ्ले पौडेल र रियान पौडेलको परिवारलाई जिल्लाको बडिगाड गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले मृतकको घर कुश्मा नगरपालिका १ पाङमा पुगेर परिवारलाई राहत स्वरुप नगर ५० हजार रुपैयाँ प्रदान गरेकी छन ।   मृतक दुबै जना बडिगाड गाँउपालिकामा अमिन पदमा कार्यरत प्रदिप पौडेलका  श्रीमती र  छोरा हुन । गाउँपालिका अध्यक्ष अधिकारीले स्वर्गिय रचना र रियान प्रति श्रद्धान्जली अर्पण गर्दै गाउँपालिका शुख दुखमा सधै साथ दिने बताईन । परिवार प्रति समवेदन प्रकट गर्दै यस्ता घटनाले सवै नेपाली दाजुभाईलाई दुखित बनाएको बताईन । 

प्रतिक्रिया