देशको विकास गर्ने क्षमता काँग्रेस सँग मात्रै  छ: शुक्रराज शर्मा

  • फाल्गुण २३, २०७८

बागलुङ- नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले देशको विकास गर्ने क्षमता काँग्रेस सँग मात्र भएको दाबि गरेका छन ।

नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले देशका अधिकाशं विकासका काम र महत्वपुर्ण कार्यहरु काँग्रेसकै नेतृत्वमा सफल भएका कारण देशको विकास गर्ने क्षमता पनि काँग्रेस सँगै रहेको बताए ।

उनले नेपालका कम्युनिष्ट पार्टीहरु काम भन्दा पनि कमाउ धन्दामा लिप्त भएको हुँदा उनिहरुले चाहेर पनि केही गर्न सक्ने क्षमता नरहेको दाबी गरे । 
कम्युनिष्टहरु आफु धनि हुने र सत्तामुखी हुने हुँदा उनिहरुलाई देशको बारेमा चिन्ता नरहेको शर्माको भनाई थियो । ‘काँग्रेस जनताको बारेमा बारम्बार चासो राख्छ । हामी जनता मुखी नै भएर काम गर्नका निम्ती राजनितिमा होमिएका हौं । सभापति शर्माले भने,–‘जनताका हरेक समस्यालाई बुझेर सोही अनुसारका कार्यक्रम तय गर्नेछौं । सुख दुःखका साथी बन्नेछौ । तर नेपालका कम्युनिष्टपार्टीहरु सत्ता मोही र अरुले गरेको कामका डाहा गर्ने प्रबृतिका छन ।’ उनले आउँदो स्थानिय तहको निर्वाचनमा कम्युनिष्टलाई हराउनकै निम्ती रणनिति सहित काँग्रेस अगाडी बढ्ेको बताए । शर्माले कार्यकर्ताहरुलाई समाजबादी ढंगले यसको उस्को नभनी सिंगो काँग्रेसका लागि हामी राजनितिमा होमिएका हौं भन्ने सोचका साथ स्थानिय तहको निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन आग्रह गरे । ‘काँग्रेस यस्तो पार्टी हो अर्काको रिस गरेर डाहा गरेर बस्ने हैन । आफ्नो संगठन निर्माणका लागि बषौं देखी एक्लै लड्दै आएको छ, शर्माले भने,–‘स्थानिय तहमा सवै काँग्रेसी एक भएर आफ्ना पक्षमा निर्वाचन जित्नका लागि लागौं । काँग्रेस बन्ने भोट अन्त हाल्ने प्रबृतिको अन्त गर्नका लागि जरुरी छ । जो घात गर्न हिँड्छ त्यसको साधारण सदस्यता समेत नरहेने गरी कारबाही गर्ने छौं ।’ 
शर्माले स्थानिय तहको निर्वाचनमा नेतृत्व गर्ने जसको पनि क्षमताका आधारमा टिकट दिनुपर्ने बताए । जिल्लाभरी नै संचालन भएको जनता सँग नेपाली काँग्रेस अभियान देशकै नमुना कार्यक्रम रहेको हुँदा अरु जिल्लामा पनि आफ्नो संगठन निर्माणका लागि यस्ता कार्यक्रम संचालन गर्न जरुरी रहेको उनले बताए । 
कार्यक्रममा गण्डकी प्रदेश उप–सभापती कल्पना तिवारीले आगामी स्थानिय तहको निर्वाचनमा कसरी हुँन्छ आफ्नो पक्षमा जिन्ने गरी संगठन निर्माणमा जुट्न कार्यकर्तालाई आग्रह गरेकी थिईन । उनले सवल र सक्षम काँग्रेस निर्माणका निम्ती अहिले संचालन भएका अभियानले थप सार्थकता पाउनेमा विश्वस्त रहेको बताईन । तिवारीले स्थानिय तहको निर्वाचनमा काँग्रेसको पक्षमा मत पार्नका निम्ती आफ्ना धारणा सहित गाउँ गाउँमा पुगेर जनतालाई बुझाउन जरुर रहेको बताईन । 
कार्यक्रममा हालै मात्र गण्डकी प्रदेश समितिको सदस्य पदमा मनोनित शकुन्तला शर्मा, आमन्त्रीत सदस्यमा मनोनित धुव्र गौतम, भुवानी प्रसाद कंडेल लगायतलाई सम्मान गरिएको थियो । 
कार्यक्रममा प्रदेश सदस्य शकुन्तला शर्मा, धुव्र गौतम, क्षेत्र नं. १ प्रदेश सभा (ख) का सचिव बालकृष्ण शर्मा र बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले क्षेत्रीय समितिले स्थापना गरेको ५० लाखको अक्षयकोषका निम्ती २५ हजार रुपैयाँका दरले क्षेत्रीय सभापतिलाई हस्तान्तरण गरेका थिए ।  
कार्यक्रम काँग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षता, सचिव जयराम भारीको स्वागत र सचिव गोविन्द बहादुर पौडेल ‘गोपाल’को संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया