बागलुङ नगर खानेपानीका अध्यक्ष केवी रानाद्वारा पदबाट राजिनामा 

  • जेठ ८, २०८१

बागलुङ  - बागलुङ नगर खानेपानी तथा तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष केवी राना मगरले आफ्नो पदबाट राजीनामा दिएका छन् । गत पुष २८ गते संस्थाको साधारणसभा तथा अधिवेशनबाट निर्वाचिन भएका रानाले आफु संस्थामा निर्वाचित भए सँगै जनताले चाहेको अपेक्षित परिणाम दिन नसकेपछि राजिनामा दिएको बताएका छन । रानाले उपाध्यक्ष हरिबहादुर जिसी सन्तोषलाई सम्बोधन गरेको पत्र मार्फत आफुले राजिनामा गरेको जानकारी गराएका हुन । ‘जुन सोच र विचारले यस नगरवासीहरुलाई हाम्रो कार्यकाल भित्र  सभा सुलभका साथै २४सै घण्टा पानी खुवाउने उद्देश्य बोकर आएको अवस्थामा  संस्थाका विभिन्न क्रियाकलापहरुको लागि छिटो छरितोले लागु गर्न हाम्रो समितिको बहुमतले गरेको निर्णय हुँदाहुँदै पनि एक्यवद्धताका लागि म लगायत समितिका अन्य साथहिरुको प्रयास गर्दा पनि काम काजमा अवरोध आईराख्ने अवस्था आएको हुँदा म आफुलाई असफल भएको महशुस गरेको छु राजिनामा पत्रमा रानाले उल्लेख गरेका छन । यो एक पवित्र एवं इमर्जेन्सी स्तरमा काम गर्ने गराउने उद्देश्य बोकेको संस्थाहुँदा यसले सफा र सुलभ तरिकाले पानी खुवाउनुपर्ने सेवा प्रदान गर्ने संस्था हो भन्ने बारे समितिका केही मित्रहरुले बुझन नसकेको हुँदा काम काज गर्न मलाई समिति साथै कर्मचारीलाई पनि बाधा परेकोले मैले अध्यक्ष पदमा रहि काम गर्न नसक्ने भएकोले संस्थाको सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुँदै यस उपभोक्ता संस्थाबाट राजिनामा दिएको पत्रमा उल्लेख छ ।’
अध्यक्ष राना मगरले दिएको राजिनामा पत्र आफूलाई प्राप्त भएको समितिका उपाध्यक्ष हरिबहादुर जिसी सन्तोषले जानकारी दिए । नवनिर्वाचित समिति चार वर्षको लागि निर्वाचित भएको हो । अध्यक्षको राजिनामा पत्र आफुले प्राप्त गरेता पनि यसको बारेमा थप जानकारी आफु नभएको उपाध्यक्ष जिसीले जानकारी दिए । 
राजिनामा पत्र


    

प्रतिक्रिया