बागलुङ- लामो समय देखी विवादमा रहेको बागलुङ नगरखानेपानी उपभोत्ता संस्थाले बृद्धि गर्ने भनिएको खानेपानी महशुल चौतर्फि विरोध आएपश्चात पुरानै महशुल कायम हुने भएको छ । संस्थाको शुक्रबार बसेको बैठकले खानेपानी महशुल पुरानै कायम गर्ने निर्णय गरेको छ । बैठकले संस्थाका निर्वाचित अध्यक्ष केवीराना मगरले पदबाट राजिनामा दिए पश्तात संस्थाको कार्यवहाक अध्यक्षमा हरिबहादुर जिसी सन्तोषलाई जिम्मेवारी दिने निर्णय गरेको छ । दोस्रो साना शहरी आयोजना संचालन गर्दा नगर विकास कोषबाट लिईएको ४५ प्रतिशत ऋणलाई निर्धारित समय भित्र भुक्तानी गर्नको लागि भन्दै संस्थाको २०८१ असार १३ गतेकोे कार्य समिति बैठकले भदौ महिनादेखि लागु हुने गरि न्युनतम १० युनिटको तीन सय रुपैया निर्धारण गरेको थियो । शुल्क बृद्धिका बिषयमा स्थानीय तह, जनप्रतिनिधि, सरकारी निकाय सहित सर्वपक्षिय, सर्वदलिय ,सरोकारवाला लगाए उपभोक्तासंग छलफल गर्नुपर्ने भएकोले अहिलेलाई पहिले लिदै आएको खानेपानी महशुल कायम गरिएको कार्यबहाक अध्यक्ष हरि बहादुर जि।सी ‘सन्तोष’ ले बताए ।
सबै निकायसंग छलफल गरेपछि नयाँ महशुल निर्धारण गरिने जिसीले बताए । संस्थाले ८ युनिटको एक सय रुपैया न्युनतम शुल्क लिने गरेको छ । बैठकले अध्यक्ष रानामगरको राजिनामा उपाध्यक्षबाट स्विकृत भई कार्य समितिको बैठकले अनुमोदन समेत गरेको छ । बैठकले ५ सदस्यिय सल्लाहाकार समिति समेत गठन गरेको छ । संस्थाको सल्लाहकारमा पुर्व अध्यक्ष जयराम भारी, अशोक गोविन्द राजभण्डारी ,सुभाषचन्द्र राजभण्डारी भुपेन्द खडका र कानुनी सल्लाहकारमा अधिवक्ता राम शर्मा चयन गरेको संस्थाका सचिव जीवन आचार्यले जानकारी दिए ।
स्थाको वित्तिय व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित गर्नको लागी संस्थाको विधान बमोजिम तिन सदस्य लेखा समिति गठन गरेको छ । सुभाष आचार्यको संयोजकत्वमा लाल बहादुर केसी र बाबुकाजी केसी रहेको तिन सदस्यिय लेखा समिति गठन गरिएको कोषाध्यक्ष कृष्ण शर्माले जानकारी दिए । बैठकले संस्थाको आ.ब. २०८०/८१ को अन्तिम लेखापरिक्षणको (अडिट) ‘क’ बर्गको (चाटर्ड एकाउन्टेन्टस) लेखापरिक्षकबाट लेखापरिक्षण गर्ने निर्णय समेत गरेको छ । बैठकले संस्थाको प्रबन्धकको रुपमा कार्यरत हिमाल प्रसाद शर्माको भुमिका संस्थाको हित प्रतिकूल देखिएको भन्दै प्रबन्धक पदबाट बर्खास्त समेत गरेको छ ।