बागलुङ क्षेत्र नम्बर २ प्रतिनिधि सभा तर्फ नेकपा माओबादी केन्द्रका देवेन्द्र पौडेल विजयी भएका छन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका पौडेलले २४ हजार ७ सय ७९ मतसहित नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गरेका छन्। चालिसेले २० हजार १ ८० मत प्राप्त गरेकी छिन्। पौडेलको यो दोस्रो जित हो । २०७४ मा बाम गठबन्धनको साथ पाएका पौडेलले यसपाली सत्ता गठबन्धनका दलको राम्रो साथ पाएका थिए । पौडेल नेकपा माओबादी केन्द्रका सचिव समेत हुन । पौडेल सँगै प्रदेश सभा क्षेत्रमा पनि सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका छन । प्रदेश सभा १ मा नेपाली काँग्रेसका जित शेरचन र प्रदेश २ मा काँग्रेसकै द्रोण कुँवर विजयी भएका छन ।
शेरचनले एमालेका साथ पाएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरलाई तीन हजार १०० मतान्तरले पराजित गरेका हनु । शेरचनले १५ हजार १०८ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरेका थिए । घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए । शेरचन काँग्रेस बागलुङका सभापति हुन । उनि यस अघिको प्रदेश सभाको निर्वाचन र उपनिर्वाचनमा बागलुङ क्षेत्र नं. २ प्रदेश (२) बाट उम्मेदवार भएका थिए । दुवै निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले पराजय गराएका थिए । यस पटक भने शेरचन आफ्नो क्षेत्र छाडेर क्षेत्र नं. १ प्रदेश (१) मा उम्मेदवार भएका थिए ।
बागलुङ–२ (२) का विजयी कुँवरले एमालेका लक्ष्मण पुनलाई ३७३७ मतान्तरले पराजित पारेका हुन । कुँवरले १२ हजार ४०८ मत ल्याउँदा पुनले आठ हजार ६७१ मत ल्याएका छन । सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका प्रदेश सभा क्षेत्रमा चार वटै काँग्रेसको भागमा परेको थियो ।