नियमित सेक्स गर्नुका ८ फाईदा

  • भदौ २०, २०७९

एजेन्सी-  हाम्रो समाजमा यौनबारे कुराकानी गर्न संकोच मानिन्छ । यद्यपि, सेक्सले सम्बन्ध मजबुत बनाउनदेखि शारीरिक तथा मानसिक रुपमा फूर्तिलो बनाउन धेरै हदसम्म सहयोग गर्छ । विभिन्न अध्ययनका अनुसार नियमित यौनसम्पकले उच्च रक्तचाप, कोलेस्ट्रोल, मुटुरोगको सम्भावनालाई कम गर्छ । साथै, मानसिक तनाबमा पनि कमी ल्याउँछ । जो व्यक्ति नियमित यौन सम्पर्क गर्छ ऊ बिरामी हुने सम्भावना निकै कम हुन्छ । त्यसैले यहाँ सेक्स गर्नुका ८ वटा फाइदाका बारेमा चर्चा गरिएको छ ।

फिट रहन

नियमित यौन सम्पर्कले आनन्द मात्र दिँदैन यसले शरीरमा बेला रक्तसञ्चार बढाएर शारीरिक रुपमै फिट रहन मद्धत गर्छ ।

इम्युन पावर बढाउँछ

पछिल्लो एक अनुसन्धानका अनुसार यौनसम्पर्क गर्नुपूर्व व्यायाम गर्नाले सकारात्मक प्रभाव पर्छ । त्यसका साथै ताजा र स्वस्थ–स्फुर्त महशुस हुन्छ । यौनसम्पर्कले इम्युन सिस्टमलाई बढाउने भएकाले रोग लाग्ने सम्भावना कम रहन्छ । 

हृदयघातबाट बचाउँछ

यौन सम्पर्क गर्दै गर्दा तपाईको हृदय सम्पूर्ण रुपले प्रफुल्ल भए सबै कोष–कोषमा रक्तसञ्चार हुने भएकाले यसले हृदयघातको सम्भावना कम गर्दछ । प्राप्त जानकारी अनुसार हप्तामा दुईपटक यौनसम्पर्क गर्नाले हृदयघातको सम्भावना निकै कम हुन्छ ।

उच्च रक्तचाप नियन्त्रण

यौन सम्पर्क र रक्तचापमा आपसी सम्बन्ध हुने गरेको पाइएको छ । यसले रक्तचापलाई सन्तुलनमा ल्याउन ठुलो भूमिका खेल्छ । नियमित यौनसम्पर्कले शरीरका सबै अंगलाई पूर्ण रुपमा चलाउने हुँदा यो एउटा राम्रो शारीरिक कसरत सावित हुन्छ ।

प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्छ

पुरुषले महिनामा २१ पटक यौनसम्पर्क गर्नु उपयुक्त मानिन्छ । जसले प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्छ ।

दुखाई कम गर्छ

दुखाई कम गर्न हामी विभिन्न चक्की खाने गर्छौ तर अनुसन्धानले नियमित यौन सम्पर्कले पेन किलरको काम गर्ने समेत पाइएको छ ।

मानसिक तनाब कम गर्छ

यौन सम्पर्कका बेला चुम्बन गर्ने, अंगालो हाल्ने, शरीरका विभिन्न अंगमा छुने चलाउने गर्ने भएकाले सबैखाले मानसिक पीडा हट्छ ।

राम्रो निद्रा

यौन सम्पर्क गरेपछि प्रोलेक्टिन हार्मोन बढेर जान्छ र आरामको महसुस भइ गहिरो निद्रा आउँछ ।

प्रतिक्रिया