बागलुङ- नेपाल शिक्षक संघ बागलुङको अध्यक्षमा उमाकान्त पौडेल पुन चयन भएका छन । पौडेल शनिबार देखी बागलुङ सदरमुकाममा सुरु भएको संघको २२ औं जिल्ला प्रतिनिधि सभा तथा नबौं जिल्ला अधिवेशनबाट पौडेल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । जिल्लाको जैमिनी नगरपालिका–७ जैदीका पौडेल बागलुङ सदरमुकाममा रहेको बालमन्दिर आधारभुत विद्यालयमा अध्यापन गराउँछन । लामो समय देखी शिक्षकका हक हितका पक्षमा वकालत गर्दै विभिन्न आन्दोलनको नेतृत्व गरेका पौडेलको यो दोस्रो कार्यकाल हो ।
अधिवेशनबाट उपाध्यक्षमा सत्यनारायण सिंह (आकाश) महिला उपाध्यक्षमा निर्मा श्रीष, सचिवमा लक्ष्मीकान्त पौडेल (राजेन्द्र) र सचिव अर्थमा कुलबहादुर घर्तिमगर चयन भएका छन । समितिको सहसचिवमा मदन बहादुर कार्की, लेखा कुमारी घर्ति, सहसचिव अर्थ धनकुमारी भण्डारी वीर बहादुर किसान र तेजेन्द्र घर्ती रहेको निर्वाचन समितिका संयोजक भुमिश्वर गौतमले जानकारी दिए ।
समितिको सदस्यहरुमा रिता के सी, नन्द कुमारी ठकुरी, सम्झना शर्मा माया चालिसे, दयाराम रेग्मी ,तिलक आचार्य ,प्रेम सागर सापकोटा र महेन्द्र थापा रहेका छन । अधिवेशनले प्रदेश प्रतिनिधिमा मुक्तिराम शर्मा, नेन्द्र गौतम, हर्कमान बुढा, जग बहादुर छन्त्याल, तारा ब विक र विष्णु बहादुर थापा चयन गरेको छ । भने संघीय प्रतिनिधितर्फ सीता शर्मा, हुमा रिजाल र कल्पना खरेल सागर खरेल, डिल्लीराज अर्याल, भीष्म कंडेल, हरि प्रसाद चालिसे र ईश्वर ठाकुर पौडेललाई सर्वसम्मन चयन गरेको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । अधिवेशनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदिप पौडेलले उद्घाटन गरेका थिए । निर्वाचित पदाधिकारी र सदस्यहरुलाई आईतबार प्रमाणपत्र प्रदान गरिएको छ ।