बिहुँमा तिजगित प्रतियोगिता सम्पन्न

  • भदौ २५, २०८०

भरत सापकोटा - बागलुङ,  हरितालिका तिज नजिकिँदै गर्दा जिल्लाको काठेखोला ६ विहुँमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सशक्तिकरण महिला समुह काँठेखोला ५ राहाले प्रवथम भएको छ । काठेखोला ५  विहुँमा रहेको  विहुँकोट विकास मञ्च तथा अन्तराष्ट्रिय बिहुँकोट विकास मञ्च र क्षेत्रीय समिति नवलपुर चितवनले संयुक्त आयोजनामा प्रतियोगिता तथा दरखाने कार्यक्रम सम्पन्न भएको हो ।  काठेखोला ६ मा रहेका बह्मलिन स्वामि श्री १००८ परमान्न्नद सरस्वति महराज जन्मस्थल परमेश्वर राम मन्दिर बिहॅु ईनारपानि (पौवाडाँडा)मा तिज गित प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियेगिता १३ टिम सहभागिता रहेका थिए प्रतियोगितामा अमर माध्यमिक बिद्यालय दोस्रो ,इन्द्रेणी जनजाति समुह तेस्रो र गौरिधाम महिला समुह बाग्लुङले सान्तवना स्थान हाँसिल गरेका छन ।

बिगत बर्षहरु यस्ता प्रतियोगिता भएपनि नारीहरु यसरी गहिराई पुगेर गितका शब्दहरु संकलन गरेको कमै पाईन्थ्यो खुल्ला तिज प्रतियोगिता भएपनि नारीहरुले देशमा बढ्दो बेतिथि,बलत्कार ,भ्रष्टचार,महिला हिंसा,सामाजिक विकृति,धर्म प्रति भईरहेको चौतर्फि आक्रमण आफ्नो रितिरिवाज सांस्कृतिक महत्व लगाएत नारीहरुले स्वयम आफुँले पहिरने गरेको पहिरमा बिकृति त्यस्को नियन्त्रणका साथै पारिवरिक रुपमा भोग्नु परेका घरेलु समस्याहरु लाई गित को माध्यम बाट प्रस्तुत गरेका थिए । कार्यक्रम  मठाधिष श्री १००८ उमेशान्द सरस्वति महराजले यस्ता बिबिध कार्यक्रमहरु आफ्नो मौलिक संस्कृतिहरु जगेर्ना गर्ने बताए । 

No description available.

उनले  यो स्वामि परमान्द जन्मे ठाउँ समेत ओझेल परेको छ यस्को प्रचार प्रसार सबैले सहयोग गरि आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन पहल गर्नु पर्ने जोड दिएका थिए । 

सो कार्यक्रममा काठखोला गाउँपालिका ६ का वडा अध्यक्ष बृहस्पती कंडेल, नेपाली काँग्रेस बागलुङका जिल्ला सहसचिव ज्ञानकुमारी श्रीष शर्मा अन्तराष्ट्रिय बिहुँकोट विकास मञ्चका अध्यक्ष गंगाराम कंडेल  मन्दिर संचालक समितिका अध्यक्ष पण्डित टिकाराम कंडेल लगाएतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए।  कार्यक्रम संयोजक प्रेम श्रीषको स्वागत सचिव वेदप्रसाद कंडेलको संचालन र अध्यक्ष हिरा कंडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

No description available.

प्रतिक्रिया