अभिनेत्री करिश्मा मानन्धर र पुर्व मन्त्री सिंह एमालेमा प्रवेश

  • चैत ८, २०७८

काठमाडौँ — अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।
मानन्धरसँगै समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमाले प्रवेश गरेका छन् । नेतृत्वमा सिंगै दल र अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।
सिंहको नेतृत्वमा रहेको समाजवादी जनता पार्टी एमालेमा समाहित भएको हो । सिंह पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा खानेपानीमन्त्री थिए । सजपा अध्यक्ष सिंह यसअघि एमालेमै आबद्ध थिए । अभिनेत्री मानन्धर भने बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय रहेकी भए पनि पछिल्लो समय निष्क्रिय रहेकी थिइन् ।

एमाले प्रवेश गर्नुको कारण खुलाउँदै मानन्धरले भनिन्, एमाले प्रवेश गर्नुको पहिलो कारण त अध्यक्ष ओली नै । उहाँको इनर्जी र प्रेरणा नै हो । ६ महिनाको अन्तरालमा मैले उहाँलाई २ पटक भेटेँ । उहाँको इनर्जी देखेर मलाई ताज्जुबै लाग्छ । अध्यक्ष ओलीलाई फुर्काउन भनेको होइन, नेता भनेको जनताको पथप्रदर्शक हो । उहाँको गुणगान नगाउने मान्छे नै छैन । 

त्यस्तै एमाले प्रतिपक्षमा रहेर पनि सशक्त भूमिका निर्वाह गरिरहेको मानन्धरले बताइन् । कलाकारिता क्षेत्रबाट पनि मुलुकका लागि आफूले थुप्रै योगदान गरेको उल्लेख गर्दै उनले मुलुकको परिवर्तनका लागि काम गर्नै एमाले रोजेको बताइन् ।

त्यस्तै कुनै पदका लागि आफू एमालेमा नआएको पनि उनको भनाइ छ । पार्टी प्रवेश गर्दा मैले कुनै सौदाबाजी होइन । मसँग कुनै पनि आग्रह पनि छैन, कुनै ठोस पनि माग छैन । मलाई कुनै पद चाहिएको छैन । नितान्त एउटा कार्यकर्ताका रूपमा हजुरहरूसँग जोडिन आएको छु । यदि मेरो मूल्यांकन गरेर पार्टीले कुनै जिम्मेवारी दिने हो भने म पछि हट्दिनँ है, उनले भनिन् । नयाँ मान्छे नजोडिकन पार्टी अगाडि नबढ्ने पनि उनले भनिन् ।

प्रतिक्रिया