कालीगण्डकी करिडोरमा बस दुर्घटना, ६ जना घाइते

  • माघ ७, २०८२

नवलपुर - कालीगण्डकी करिडोरमा शैक्षिक भ्रमणको बस दुर्घटना, ६ जना घाइते नवलपुरको बुलिङटार गाउँपालिका– २, भेलौरीस्थित कालीगण्डकी करिडोरमा शैक्षिक भ्रमणमा आएको बस दुर्घटना हुँदा ६ विद्यार्थी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार काीगण्डकी करिडोर सडकखण्डमा पोखराबाट गैँडाकोटतर्फ आउँदै गरेको ग.१ख ९५४६ नम्बरको बस दुर्घटना भएको हो। झापा बिर्तामोडस्थित निभी आदर्श कलेजको कक्षा १२ मा अध्यनरत विद्यार्थी बोकेर आउँदै गर्दा उक्त बस ब्रेक नलागी भित्तामा ठोक्किएको थियो।

बसमा ३४–३५ जना सवारमध्ये ६ जना घाइते भएका छन्। तीमध्ये दुईजनालाई उपचारका लागि चितवन भरतपुरतर्फ पठाइएको र चारजनालाई स्थानीय बुलिङटार अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइते भएका झापाको बिर्तामोड नगरपालिका– ८ निवासी १८ वर्षीया उन्नति पाठक र १८ वर्षीय गगन नेचेलाई उपचारका लागि भरतपुर पठाइएको हो। घाइते भएका १८ वर्षका अनिल जौसवाल, अंकित सिटौला र साङनुमा लिम्बू तथा १७ वर्षीया पवित्रा गुरुङको अवस्था सामान्य छ।

बस र बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया