• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार

काँग्रेस महाधिवेशन: गण्डकी प्रदेश सदस्यमा बागलुङबाट ६ जना निर्वाचित

  • मङ्सिर १९, २०७८

बागलुङ - नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बागलुङबाट जना सदस्यमा निर्वाचित भएका छन । शनिबार पोखरामा भएकाे निर्वाचनमा जिल्लाबाट प्रत्यक्ष महिला सदस्यमा कल्पना हमाल पाठकले कुल ६२४ मत ल्याएर निर्वाचित भएकी छन । पाठक सँगकी प्रतिस्पर्धी गिता श्रीषले ४२३ मत प्राप्त गरेकी छन । पाठक काँग्रेस बागलुङको महाधिवेशन प्रतिनिधि समेत हुन । त्यसैगरी जिल्लातर्फ नै प्रत्यक्ष खुल्लामा तर्फ इन्द्रराज पौडेलले ५५० मत ल्याएर निर्वाचित भएका छन । उनका प्रतिस्पर्धी नवराज पौडेलले ४७४ मत प्राप्त गरेका छन । निर्वाचित पौडेल जिल्लाको जैमिनी नगरपालिकाका नगरप्रमुख हुन भने उपविजेता पौडेल काँग्रेस बागलुङका निवर्तमान सचिवका साथै हालका महाधिवेशन प्रतिनिधि हुन ।
बागलुङबाट सदस्यमा पार्वती आचार्य, बसन्त कुमार श्रेष्ठ, अर्जुन शेरचन र हितदेवी घर्ति मगर पनि सदस्यमा निर्वाचित भएका छन । आचार्यले ५३७ मत श्रेष्ठले ५६६ मत शेरचनले ५९४ मत र घर्तिले ५३७ मत प्राप्त गरी निर्वाचित भएका हुन । आचार्य र श्रेष्ठ बागलुङ नगरपालिका हुन भने शेरचन ढोरपाटन नगरपालिका र घर्ति तमानखोला गाउँपालिकाका हुन । शेरचनले यस अघि जिल्लामा पौडेल पक्षका उम्मेदवार जगदिशचन्द्र उपाध्यायलाई  खुलेर सहयोग नगरेता पनि गण्डकी प्रदेशमा पौडेल समुहबाटै निर्वाचित भएका छन । 
जिल्लाबाट निर्वाचित हुने सवै सदस्य संस्थापन इतर अर्थात पौडेल पक्षको प्यानलबाट उम्मेदवारी दिएका थिए । गण्डकी प्रदेशमा सभापतिमा पौडेल पक्षकै शुक्रराज शर्मा, उपसभापतिमा पौडेल पक्षका कल्पना तिवारी र देउवा पक्षका मेषलाल श्रेष्ठ निर्वाचित भएका थिए । उपसभापतिमा बागलुङका हरिप्रसाद श्रेष्ठ झिनो मतक अन्तरले पराजय भोग्नु परेको थियो ।  महामन्त्रीमा किरणबाबु श्रेष्ठ र विष्णु लामिछाने निर्वाचित भएका थिए भने सहमहामन्त्री महिलामा कोपीला रानाभाट सहमहामन्त्रीकै खुलामा रमेश पाण्डे र रामचन्द्र जोशी निर्वाचित भएका थिए । 
 

प्रतिक्रिया