नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई यतिवेला उत्सव नै छाएको छ । १४औं महाधिवेशनमा होमिएको काँग्रेस वडा तहको अधिवेशन सकाएर गाउँ नगरपालिकाको अधिवेशनको संघारमा आएको छ । गाउँ नगरपालिकाको अधिवेशन नजिकिदै गर्दा नेता तथा कार्यकर्तालाई चुनावी माहोलले छोएको छ । नयाँ नेतृत्वको लागि उम्मेदवारी घोषणा गर्ने कार्यक्रम भै रहेका छन । केही स्थानिय तहमा सहमतीको प्रयास भएको छ भने केही स्थानिय तहमा दुई जना भन्दा बढि सभापतिका आकंक्षी देखिएका छन ।
जिल्ला सदरमुकाममा रहेको बागलुङ नगरपालिकामा युवा उद्यमी तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा बाबु र लामो समय सम्म शिक्षण पेशमा सक्रिय कर्णबहादुर हमालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । शर्मा संस्थापन इतरका समुहबाट रहेका छन भने हमाल संस्थापन पक्षका नेताकै बलमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । बागलुङ सदरमुकाम निवासी शर्मा र हमाल वडा–वडामा क्षेत्रीय प्रतिनिधिलाई भेटघाटको कार्यक्रम अगाडी बढाएका छन । शर्मा सँगै उप–सभापतिमा प्रदिप गौतम सचिवमा अशिष राजभण्डारी र कृष्ण शर्माले उम्मेदवारी घोषणा गरेका छन । त्यसैगरी हमाल समुहबाट हाल सम्म नारायण पौडेल मात्र आफु सचिवको उम्मेदवार रहेको बताएका छन ।
दुवै उम्मेदवारले बागलुङ नगरपालिकामा काँग्रेसलाई गतिशिल बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन । शर्माको नेतृत्वमा रहेका उम्मेदवारले बागलुङ नगरपालिकाको तित्याङ, कालिमाटी, मालिका बलेवा क्षेत्रका प्रतिनिधिलाई भेटघाट गरिसकेको छ भने हमालको समुहले पनि यि सवै क्षेत्रका प्रतिनिधिलाई भेटघाटका गरिसकेको छ । सर्वसहमतीमा नेतृत्व चयन हुने सम्भावना नरहेपछि आफ्नै ढंगले दुवै समुहका उम्मेदवार प्रतिनिधि भेटघाटमा निस्कीएका हुन । त्यसैगरी जिल्लाको दक्षिण जैमिनी नगरपालिकामा पनि वर्तमान सभापति काशिराम आचार्यले पुन सभापतिमा नै आफ्नो उम्मेदवारी घोषणा गरेका छन । आचार्य संस्थापन समुहका उम्मेदवार हुन भने संस्थापनइतरबाट जैमिनी नगरपालिका– २ दमेकका वडा सदस्य प्रेमप्रसाद सापकोटा उम्मेदवारी बन्ने पक्का भएको बताईएको छ । जैमिनी नगरको सचिवमा विद्यार्थी नेता धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सदस्य मनोज सापकोटा, दिपक सुवेदी र सुजन सापकोटाको लगायतको नाम चर्चामा आएको छ ।
त्यसैगरी जिल्लाको काठेखोला गाउँपालिकामा वर्तमान सचिव यामदत्त कंडेलले उम्मेदवारी घोषणा गरेका छन । श्रोतका अनुसार काठेखोला गाउँपालिकामा सर्वसम्मत बनाउने प्रयास भै रहेको छ । जिल्लाको पश्चिम क्षेत्रमा गलकोट नगरपालिकामा नयाँ नेतृत्वका लागि वर्तमान नगर सभापति नारायणध्वज मल्ल, वडा नं. ३ का वडा अध्यक्ष एवं युवा नेता विरजंग भण्डारीको र मुकुन्द भण्डारीको नाम चर्चा चलेको छ । गलकोटको सचिवमा हेमराज गैरे, योगेश भण्डारी, लोकराज कंडेल, चिरञ्जीवी मरासीनी र विरबहादुर बोहोराको नाम चर्चामा आएको एक नेताले बताए । जिल्लाको ताराखोला, तमानखोला र बरेङ गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयनका लागि प्रयास भै रहेको छ ।
बडिगाड गाउँपालिकामा वर्तमान सभापति अर्जुन खरेल र र वडा नं. ७ का वडा अध्यक्ष कृष्ण गुरुङ सभापतिमा आकक्षी देखिएका छन भने अर्को वडा अध्यक्ष मौसमकाजी क्षेत्रीले पनि सभापतिको लागि दाबी गरेका छन । जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकामा हाल सम्म धनबहादुर कायत ‘कल्याण’ र दिपक कुमार अदैको नाम चर्चामा चलेको छ । त्यसैगरी निसीखोला गाउँपालिकामा पनि वर्तमान सभापति इन्द्रबहादुर मल्ल र सुर्यबहादुर बुढा नाम सभापतिका लागि चर्चामा चलेको छ ।
जिल्लामा दश स्थानिय तह मध्य नगरपालिका स्तरको अधिवेशन भने अलि बढि नै चासोका साथ हेरिएको छ । गाउँ नगरपालिका तहबाटै नै दुई समुह देखिने निश्चित भएका छ । जिल्ला स्तरका नेताहरुले आफ्नो आफ्नो उम्मेदवार उठाउने प्रयासमा छन । पालिका तहमा अलि महत्वपुर्ण भुमिका रहेका कारण सर्वसम्मतको सम्भावनाहरु कम हुने नेता तथा कार्यकर्ता बताउँछन । स्थानिय तहस्तरको अधिवेशन पश्चात प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रको अधिवेशनको मिति तय भएको छ । प्रदेश सभा क्षेत्रबाट प्रदेश महाधिवेशन प्रतिनिधि पनि चयन हुने छन भने प्रतिनिधि सभा क्षेत्रबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि पनि चयन हुनेछन । प्रदेश महाधिवेशन प्रतिनिधिले प्रदेश तहको नेतृत्व चुन्न पाउने छ भने प्रतिनिधि सभा महाविधेशनले केन्द्रको सभापति सहितको नेतृत्व चुन्न पाउनेछ । वडा तहबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिले भने गाउँ नगरपालिका, प्रदेश सभा क्षेत्र प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेशन सम्म आफ्नो नेतृत्व चयन गर्ने पाउने छ । नगरपालिका तहमा १ सभापति, २ उपसभापति २ सचिव र २ सहसचिव प्रत्यक्ष निर्वाचित हुनपर्ने प्रावधान रहेको निर्वाचन अधिकृत विष्णु प्रसाद शर्माले जानकारी दिए । त्यसैगरी प्रत्येक वडाबाट गाउँपालिकाको हकमा १ जना महिला अधिवार्य गरी दुई जना सदस्य र नगरपालिकाबाट १ जना महिला अनिवार्य गरी २ जना खुल्ला सदस्य निर्वाचित हुने छ । निर्वाचित सदस्यबाट कोषाध्यक्ष मनोनित गर्ने प्रावधान रहेको छ । जिल्लामा आगामी ९ गते गाउँ नगरपालिका स्तरको अधिवेशन तोकिएको छ । त्यसको लागि सम्पुर्ण तयारी भएको मुख्य निर्वाचन अधिकृत शर्माले बताए ।