एमसिसिको विरोधमा बागलुङमा जनमोर्चाको प्रर्दशन

  • असोज २१, २०७८

राष्ट्रिय जनमोर्चा बागलुङले एमसिसी परियोजनाको विरोधमा प्रदर्शन गरेको छ । एमसिसि परियोजना कार्यान्वयनमा आए देशको राष्ट्रियता तथा स्वाधीनतामा ठूलो असर पर्ने भन्दै एमसीसी परियोजना खारेज नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

एमसीसी परियोजना कार्वान्वयनमा आउन नदिनको लागी आफुहरुले सधैँ खबरदारी गरिरहने समेत राष्ट्रिय जनर्मोर्चा बागलुङले जनाएको छ । जनमोर्चाले जिल्लाको गल्कोट नगरपालिका, काठेखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका लगायतका ठाउँमा बिरोध सभा गरेको छ ।

बुधबार बागलुङ बजारको लाकतान्त्रिक चोकमा पनि बिरोध सभा सम्पन्न गरिएको छ । बिरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुङ्गानाले एमसिसि नेपालको हितमा हितमा नभएको बताए । एमसिसिले नेपालीको राष्ट्रियता तथा स्वाधीनतामा धक्का पुग्ने ढुङ्गानाले बताए ।

पछिल्लो समयमा देशमा बैदशिक हस्तक्षेप बढेको र जसका कारण देश साम्राज्यवादीको रणमैदान बन्न सक्ने खतरा समेत बढेको उनले बताए । कार्यक्रम जिल्ला उपाध्यक्ष धर्म कुँवरको सञ्चालनम सम्पन्न भएको थियो ।

यसैबीच राष्ट्रिय जनमोर्चाले बागलुङ जिल्लाका विभिन्न स्थानमा एमसीसीका विरुद्धमा विरोध कोणसभा सम्पन्न गरेको छ । जिल्लाका विभिन्न स्थानमा कार्यक्रम भइरहँदा ढोरपाटन नगरपालिकामा राजमो जिल्ला सल्लाहकार गौरीश्वर पाण्डेले कार्यक्रमा बोल्दै देशमा बेतिथी विसँगती चरम उत्कर्षमा पुगेको बताउँदै राष्ट्रिय स्वाधिनता बेच्ने खेलमा देशका ठूला दल लागिपरेको आरोप लगाए ।

नेपालमा एमसीसीको विषयमा चर्का विरोध हुँदा हुँदै पनि सत्तासिन दलहरु एमसीसीका विषयमा मौन हुनु, भारतले राष्ट्रिय स्वाधिनतामा आँच आउने गरी गरेका कृयाकलापप्रति सरकार मौन बस्नु जस्ता विषयले गर्दा नेपालमा काँग्रेस, एमाले र माओवादी आफनो स्वाधिनता बेचेर बाह्य शक्तिको आडमा उभिरहेको बताए ।

पाण्डेले सँघीयता आवस्यक छैन भनेर जनमोर्चाले भन्दै गर्दा जबरजस्त संघियता ल्याउनेहरु अहिले त्यसलाई थेग्न नसकेर उकुसमुकुस भएको भन्दै राजनीतिक अध्ययन बिना जनताको सेवा गर्छु भनेर आएका सेवकहरु अहिले शासक वनेर गरीब सर्वहारा जनताबाट फाइदा लिइरहेको आरोप लगाए ।

आफनो पार्टी सँधै जनताको हित र राष्ट्रिय स्वाधिनताका निम्ति अडिग रहने बताउँदै लोभ, लालच र प्रलोभनमा पारेर जनताको स्वार्थ लुट्ने पार्टीबाट सचेत रहन सबैलाई आह्वान गरे ।

अनेरास्ववियू छैठोँ ढोरपाटन नगर अध्यक्ष मिलन विकको मन्तव्य रहेको कार्यक्रम यूवराज महतले सञ्चालन गरेका थिए ।

राजमोद्वारा ढोरपाटन नगरपालिका ३ सामा, निसीखोला गाउँपालिका ४ झिवाँखोला लगायत विभिन्न स्थानमा कोण सभा सहित विरोधका कार्यक्रम गरिएको जनाएको छ ।

प्रतिक्रिया