बागलुङ -बागलुङको काठेखोला गाउँपालिका– ३ धम्जा माझकटेरामा आफ्नै सँगै काम गर्ने साथीको चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका ७ का २५ बार्षिय अर्जुन घर्तिले सोही नगरपालिका वडा नं. ७ का ४० बर्षिय अशोक खत्रीलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।
धम्जामा रहेको निर्मल आधारभुत विद्यालयको पुरानो भवनमा अस्थाी बसोबास गर्दै सोही क्षेत्रमा अजर्नु र अशोक सँगै रिठे नेपाली पनिसँगै ज्याला मजदुरी गर्दै आएका थिए । उनिहरु एक साता पहिले मात्र यस क्षेत्रमा ज्याला मजदुर गर्दै आएको स्थानिय बताउँछन ।
मंगलबार राती झण्डै ९.४० को समयमा सँगै बसेर मादकपदार्थ सेवन गरेको बुझिएको र हत्या गर्नुको कारण भने नखुलेको डएसपी त्वातीले जानकारी दिए ।
चक्कु प्रहार गर्ने अर्जुनलाई तत्कालै स्थानियले नियन्त्रण गरेर प्रहरीलाई खबर गरे पश्चात धम्जा प्रहरी चौकी विहु र जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले हत्यामा संलग्न भएका अर्जुन घर्तिलाई प्रक्राउ गरेर थप अनुसन्धान अगाडी बढाएको छ भने मृतकको शवलाई पोष्टमार्टमा निम्ती धौलागिरी अस्पताल बागलुङमा ल्याइएको छ । घटनाको बारेमा थप अनुसन्धान भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।