आदर्शकपको उपाधी आयोजक ‘पहेलो’लाई

  • जेठ १८, २०८१

बागलुङ-   बागलुङको आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबले आयोजक गरेको पहिलो संस्करणको आदर्श कप फुटबल प्रतियोगिताको उपाधि आयोजक आदर्श विद्यामन्दिर मावि ‘पहेलो’ले जितेको छ ।
बिहिबार सम्पन्न दुई आयोजक टोली आदर्श विद्यामन्दिर ‘पहेलो’ र ‘सेतो’ बीचको फाइनल खेल निर्धारित समय गोलरहित बराबरी भएपछि ‘पहेलो’ले ट्राईबेकरमा बाजी मारेको हो । आदर्श विद्यामन्दिर ‘सेतो’ विरुद्व ५–६ गोल गर्दै ‘पहेलो’ले उपाधि जितेको हो ।

आदर्श कपको विजेता आदर्श विद्यामन्दिर ‘पहेलो’ले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्दा उपविजेतामा सिमि तबनेको आदर्श ‘सेतो’ले ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडेल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी टोलीलाई बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताका सेमीफाइनलिष्ट टोलीलाई ११/११ हजार रुपैयाँ समेत प्रदान गरिएको थियो ।
आदर्श ‘पहेलो’को जितका लागि सुहान सुनार, सुझाव बानियाँ, अमन बम थापा, आदेश कार्की, सुजित परियार र योगेन खत्रीले गोल गर्दा सुजल शेरचन, सुशिल पुन र एन्जल घर्ति गोल गर्न असफल रहे । आदर्श ‘सेतो’ को पराजयमा अस्लम दिन, दिप्सन रोका, सन्देश खत्री र दिप्सन खड्का गोल गर्न चुक्दा तेज आचार्य, दिपेश शाक्य, सलोन खत्री, सक्षम सापकोटा र निश्चल कार्कीले गोल गरेका थिए ।
प्रतियोगितामा आदर्श विद्यामन्दिरका अनुप पाण्डे उत्कृष्ट कोच घोषित हुँदा आदर्शकै सुझाव बानियाँ उत्कृृष्ट खेलाडि र उच्च गोलकर्ता, अमर आदर्शका समिर बोहरा उत्कृष्ट मिडफिल्डर, आदर्श सेतोका इशान खड्का उत्कृष्ट गोलरक्षक, आदर्शकै अरुण शेरपुजा उत्कृष्ट डिफेन्डर, फ्युचर ब्राइटरका अमृत शर्मा वेष्ट स्ट्राइकर र गुराँस विद्या सदनले अनुशासित टोलीको पुरस्कार जितेको आयोजक आदर्श विद्यामन्दिर माविका शिक्षक दिपक सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया