बागलुङ । बागलुङमा अवैध बन्दुक प्रहरीले फेला पारेको छ । जिल्लाका बिभिन्न ठाउँबाट ६ थान (नाल) अबैध भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । जंगल र ओडोरमा बेवारिसे अवस्थामा ती बन्दुकहरु फेला परेका हुन् । गत साउन ४ गते जिल्लाको गलकोट नगरपालिका–१ हलहले स्थित जनएकता सामुदायिक वनको पिकनिक स्पर्ट नजिक झाडीमा लुकाइएको अवस्थामा एक नाल र साउन २३ गते (मंगलबार) गलकोट नगरपालिका–३ माम्ले देउराली स्थित भगवती स्थान सामुदायिक वनको गोरेटो बाटो नजिक रहेको ओडारमा बेवारिसे अवस्थामा ५ नाल गरी ६ नाल भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) मदन केसीले बताए ।
उनले नरेठाँटीबाट गस्ती गएको प्रहरीले जनएकता सामुदायिक वनको पिकनिक स्पर्टमा र प्रहरी चौकी हटियाबाट गस्ती गएको टोलीले भगवती स्थान सामुदायिक वनबाट स्थानीयको सूचनाको आधारमा भरुवा बन्दुक फेला पारेको बताए । अबैध बन्दुक कस्ले र किन बेवारिसे अवस्थामा फालेका हुन भन्ने विषयमा अनुसन्धान भैरहेको प्रनाउ केसीले बताए ।