नेविसंघ बागलुङको अध्यक्षमा विशेष पराजुली

  • फाल्गुण १६, २०७९

बागलुङ- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ  बागलुङको अध्यक्षकाे जिम्मेवारी  विशेष पराजुलीले पाएका छन ।  संघ, केन्द्रीय कार्यसमिति अध्यक्ष दुजाङ शेर्पाले पराजुलीलाई बागलुङकाे अध्यक्षकाे जिम्मेवारी दिएका हुन्  । 

बागलुङ जिल्लाकाे अध्यक्ष पद रिक्त भएकाले र ३२ वर्षे उमेर हद पनि आकर्षित भएकाले नेपाल विद्यार्थी संघकाे विधान २०२७ काे साताैँ संशाेधन २०७५ बमाेजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी तपाईलाई नेपाल विद्यार्थी संघ बाग्लुङ जिल्लाकाे अध्यक्ष पदकाे जिम्मेवारी दिइएकाे छ’ जिम्मेवारी पत्रमा भनिएकाे छ ।

विज्ञान विषयमा उच्च शिक्षा हासिल गरेका पराजुलीले गान्धी दर्शनमा भारतको आईजीएसबाट पोस्ट ग्र्याजुएट गरेका हुन् ।  पराजुलीले धाैलागिरी बहुमुखी क्याम्पस बागलुङबाट  समाजशास्त्रमा स्नातकोत्तर पनि गरेका छन् । नेविसंघ सँगै पाटीका हरेक गतिविधिमा सक्रिय पराजुली विद्यार्थी माझ लोक प्रिय पनि छन । नेविसंघको  विधानमा हरेक २ वर्षमा नयाँ नेतृत्व चयन हुने भनिए पनि ७ वर्ष पछि बागलुङले नयाँ नेतृत्व  पाएको छ। उमेर हद र लामोसमय देखी संगठन चलयमान हुन नसकेका कारण केन्द्रीय  समितिले अन्य जिल्लामा पनि नयाँ अध्यक्षको जिम्मेवारी दिएको छ ।  यस अघिमा अध्यक्ष खड्क थापा दुई /दुई कार्यकाल काठेखोला गाउँपालिका १ को वडा अध्यक्ष भै सकेका छन । 

अध्यक्षको जिम्मेवारी पाएका पराजुलीले अग्रजहरुसँगको सल्लाहमा पदाधिकारी र सदस्य चयन गर्ने  बताए । उनले आउँदो स्वतन्त्र विद्यार्थिको निर्वाचनमा नेविसंघलाई विजयी गराउने आफ्नो पहिलो लक्ष्य रहेको  बताए । पराजुलीले जिल्लामा अब नेपाल विद्यार्थी संघको संगठन सुदृढिकरणलाई  पहिलो प्राथमिकता राखेर काम गर्ने बताए । 

प्रतिक्रिया