जिल्ला प्रशासन कार्यालय बागलुङ उत्कृष्ट १० मा 

  • भदौ २५, २०७८

कार्यसम्पादन मुल्याङ्कनमा बागलुङको जिल्ला प्रशासन कार्यालय उत्कृष्ट १० जिल्ला भित्र परेको छ । गत आर्थिक वर्षको कार्यसम्पादन सम्झौताको मुल्याङ्कन अनुसार बागलुङ उत्कृष्ट १० मा परेको हो । उत्कृष्ट जिल्लाको सूचीमा बागलुङसंगै पर्वत समेत समावेश भएको छ । 
म्याग्दी मुस्ताङ भने मध्यम जिल्लामा परेका छन् । कार्यसम्पादन मुल्याङ्कन गर्दा मुल्यांकन गर्दा ६ वटा विषयगत क्षेत्र शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय, सदाचार र आर्थिक अनुशासनलाई आधार बनाइएको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
 वार्षिक कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा बागलुङ जिल्ला उत्कृष्ट १० जिल्ला भित्र परेकोमा खुसी व्यक्त गर्दै प्रजिअ कार्कीले कार्यसम्पादनमा योगदान पु¥याउने कार्यालयका सम्पूर्ण कर्मचारी, सुरक्षा निकाय तथा सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।जिल्ला प्रशासन कार्यालयको समग्री कार्य सम्पादन स्तरमा बृद्धि नतिजामुखी बनाउन आव २०७५/७६ देखि गृह सचिव र प्रमुख जिल्ला अधिकारीबीच कार्यसम्पादन सम्झौता भइ कार्यान्वयन भइरहेको छ ।
 

प्रतिक्रिया