डेङ्गु नियन्त्रणका लागि बागलुङका सवै कार्यालयको एकै साथ खोज र नष्ट गरौं अभियान

  • भदौ १०, २०८०

बागलुङ-  डेङ्गु रोग नियन्त्रणका लागि बागलुङका सवै कार्यालयले एकै साथ ‘लार्भा खोजौ र नष्ट गरौ’ अभियान संचालन गरेका छन । जिल्ला प्रशासन कार्यालयले सूचना नै जारी गरेर भदौ १० गते १० बजे १० मिनेट डेंगु नियन्त्रणका लागि खोजौ र नष्ट गरौ अभियान संचालन गर्न आग्रह गरेको थियो । सोही आग्रह बमोजिम जिल्लाका सवै सरकारी तथा गैर सरकारी संघ संस्था, विद्यालय र आमा समुहले आईतबार विहान १० बजे पछि आफ्नो कार्यालय टोल वरीपरि खोजौ र नष्ट गरौं अभियान संचालन गरेका छन ।  
वर्षा र गर्मि बढे सँगै लामखुट्टे पनि बढ्दै गएको र यसको टोकाईबाट हुने डेङ्गु रोग फैलन सक्ने भन्दै जिल्ला प्रशासनले सूचना नै जारी गरेर अभियान संचालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।  आफ्नो कार्यालय परिसरमा नियमित सरसफाई राख्दा डेंगु मात्र नभएर अन्य रोग संक्रमणबाट पनि जोगिने हुँदा यो अभियान संचालन गरिएको गरिएको हो । डेंगुका विरामी बढ्दै गएको र यो रोग फैलन नदिनका लागि लामखुट्टेको वासस्थान रहने ठाउँ खोज्दै नष्ट गरिएको हो ।  आईबार जिल्लाका सवै कार्यालय विद्यालय परिसरमा पानी जमेको ठाउँ, गाडीका टायर, गमलाको सरसफाई गरिएको  छ । जिल्लाका सवै कार्यालयले हरेक शुक्रबार आफ्नो कार्यालय सरसफाई अभियान संचालन गर्दै आएका छन । 

May be an image of 4 people and motorcycle

May be an image of 11 people and text
लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिई सफा राख्न पनि जिल्लाभरी नै यो अभियान संचालन गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिए । जिल्लामा साउन यता ८ जनामा डेंगु संक्रमण भेटिएको छ । उनिहरु निको भएर घर फर्कि सकेका छन । खोजौ र नष्ट गरौ अभियान संचालन गरेर घर वरीपरि सरसफाई राख्न सकेमा डेंगुको प्रकोप हट्दै जाने शर्माले बताए । 
एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्छ। यो रोग लाग्दा ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखा पर्दछ । 

असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण पनि देखा पर्न सक्छ । डेङ्गु ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ। डेङ्गु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने शर्माले बताए । 
यो रोगबाट बच्न मुख्यतया लामखुट्टेको टोकाइबाट बच्नु हो । यसका लागि लामखुट्टे बस्ने स्थान जस्तै गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न दिनु हुँदैन ।
May be an image of 5 people and text

May be an image of 2 people, grass and street

May be an image of 14 people, temple, road and text

प्रतिक्रिया