बागलुङ- अपाङ्गता भएका व्यक्तिहरुको साझा संस्था अपाङ्गता सरोकार संघ बागलुङको अध्यक्षमा जगुपती शर्मा कंडेल निर्वाचित भएका छन । संघको १२ औं साधारण सभा तथा पाँचौं अधिवेशनले कंडेलको नेतृवमा नयाँ कार्यसमिति चयन भएको छ । काँठेखोला गाउँपालिका–६ का कंडेल यस अघि कार्यसमिति सदस्यको रुपमा थिए ।
समितीको उपाध्यक्षमा टेकनाथ आचार्य, सचिवमा नारायण पौडेल, सहसचिवमा टेकबहादुर थापा, र कोषाध्यक्ष बुद्धिमाया घर्ति चयन भएका छन ।
समितिको सदस्यहरुमा यामबहादुर थापा, दुर्गाकुमारी थापा, भिमकुमारी चालिसे, भिमा विक हरिबहादुर केसी रहेको नवनिर्वाचित अध्यक्ष कंडेलले जानकारी दिए ।
लामो समयदेखी शिक्षक पेशामा सक्रिया कंडेल विभिन्न सामाजि संघ संस्थापनि सक्रिय रहेका छन ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले अझै पनि हाम्रो समाजमा अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्ट्रीकोण कमजोर रहेको हुँदा यसलाई परिवर्तन गर्नुपर्ने बताए ।
उनले कुनै शारिरिक अपाङ्गता होस वा अन्य अपाङ्ता भएका व्यक्तिहरु अहिले हरेक क्षेत्रमा अब्बल बन्दै गएको बताए । खड्काले बागलुङ नगरपालिका भित्रका ५० प्रतिशत अपाङ्गता भएका व्यक्तिले मात्र परिचयपत्र पाप्त गरेको हुँदा आगामी दिनमा सवै क्षेत्रमा पुगेर परिचयपत्र प्रदान गर्ने बताए ।
राज्यले अपाङ्गहरुका लागि गरेको व्यवस्थालाई नितिगत रुपमा कान्र्यान्वयन गर्न नसकेको प्रति अन्य सहभागीको गुनासो रहेको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कुमारविक्रम क्षेत्री, राष्ट्रिय अपाङ्गता महासंघका सचिवालय सदस्य यम गुरुङ, जनताधन मावि नारायणस्थानका पूर्व शिक्षक कमल जिसी, फेयरमेड फाउण्डेशन बागलुङ संवोधन परियोजनाका टिम लिडर गणेश बरुवाल, नेपाल नेत्रहिन संघ गण्डकी प्रदेशका अध्यक्ष कुमार पुन लगायतले बोलेका थिए ।
साधारण सभामा सचिव टिकाराम सापकोटाले बार्षिक प्रतिवेदन तथा आगामी दिनको कार्ययोजना प्रस्तुत गरेका थिए ।
संघका अध्यक्ष चिजा थापाको अध्यक्षता उपाध्यक्ष होमनाथ शर्माको स्वागत र सचिव टिकाराम सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।