मेयरकप भलिबलमा गलकोट, निसीखोला र ढोरपाटन दोस्रो चरणमा

  • फाल्गुण २५, २०७८

बागलुङगलकोटमा प्रथम मेयर कप खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता र विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भईरहेको छ । प्रथम मेयर कप खुल्ला पालिकास्तरीय पुरुष भलिवल प्रतियोगितामा गलकोट नगरपालिका र ताराखोला गाउँपालिका बीच भएकोे खेलमा गलकोट नगरपालिका दोश्रो चरणमा प्रवेश गरेको छ । काठेखोला गाउँपालिका र निसीखोला गाउँपालिका बीच भएको खेलमा निसीखोला गाउँपालिका, जैमिनि नगरपालिका र ढोरपाटन नगरपालिका विच भएको खेलमा ढोरपाटन नगरपालिका दोश्रो चरणमा प्रवेश गरेका छन् । 
बिहीबार विहान शुक्लागण्डकि नगरपालिका र सत्यवति गाउँपालिकाबीच प्रतिस्पर्धा हुने जनाईएको छ । भलिबल प्रतियोगितामा प्रथम हुने समुहले नगद रु १ लाख कप मेडल र प्रमाणपत्र, द्वितिय हुने समुहले नगद रु ७५ हजार मेडल र प्रमाणपत्र तथा सेमी फाइनलमा प्रवेश गर्ने दुई टिमले नगद रु २५–२५ हजार प्रमाणपत्र र विद्यागत पुरस्कार समेत प्रदान गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष योगेश भण्डारीले जानकारी दिए । 
विद्यालय स्तरिय भएको छात्र भलिवल प्रतियोगितामा पृथ्वि माध्यमिक विद्यालय र न्यू लाईफ वोर्डिङ स्कुल विच भएको सेमिफाईनल खेलमा न्यू लाईफ वोर्डिङ स्कुल फाईनलमा प्रवेश गरेको छ । त्यस्तै गलकोट माध्यमिक विद्यालय र एरा मदरल्याण्ड विच भएको सेमिफाईनल खेलमा गलकोट माध्यमिक विद्यालय फाईनलमा प्रवेश गरेको छ । त्यस्तै विद्यालय स्तरिय छात्रा भलिवल प्रतियोगितामा पाण्डवखानी माध्यमिक विद्यालय प्रथम र गलकोट माध्यमिक विद्यालय द्वितीय भएका छन् । 
विद्यालयस्तरिय १५ सय मिटर छात्रा दौड प्रतियोगितामा गलकोट माध्यमिक विद्यालयका पार्वती नेपाली प्रथम, सरस्वती माध्यमिक विद्यालयका देवी दर्जी द्वितीय र चौराहा माध्यमिक विद्यालयका उर्मिला परियार तृतिय भएका छन् । छात्रतर्फ महेन्द्र माध्यमिक विद्यालयका साजन परियार प्रथम, जनजागृति माध्यमिक विद्यालयका शिखर दर्जी द्वितीय र पाण्डवखानी माध्यमिक विद्यालयका सन्दिप थापा तृतिय भएका छन् । 

४ सय मिटर दौड प्रतियोगितामा छात्रातर्फ चौराहा माध्यमिक विद्यालयका गंगा सुनार प्रथम, पाण्डवखानी माध्यमिक विद्यालयका दिवाना घर्ती द्धितिय र न्यू लाईफ वोर्डिङ स्कुलका आँचल परियार तृतिय भएका छन् । त्यस्तै छात्रतर्फ जनजागृति माध्यमिक विद्यालयका देविन्द्र दर्जी प्रथम, गलकोट माध्यमिक विद्यालयका संदिप साहानी द्वितिय र पाण्डवखानी माध्यमिक विद्यालयका यम बहादुर श्रीस तृतिय भएका छन् ।  
 

प्रतिक्रिया