स्ववियु निर्वाचन: धवलागिरी बहुमुखी क्याम्पसमा निर्धारित समयमा मनोनयन हुन सकेन सयम थप गरियो

  • फाल्गुण २७, २०७९

बागलुङ - देशका विभिन्न क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिए सँगै शनिबार बागलुङको धवलागिरी बहुमुखी क्याम्पसमा  उम्मेदवारको  मनोनयन  प्रत्यक्ष तर्फको र समानुपातिक दुवै तर्फको नामावली दाखिला गर्ने निर्वाचन कार्यतालिका थियो ।  विहान ११ बजेदेखि २ बजेसम्म मनोनयन पत्रको नामावली दाखिला गर्ने र पाँच बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने समय रहेको थियो । तर निर्धारित सयमा मनोनयन दर्ता हुन सकेन ।  विभिन्न विद्यार्थी संगठनले फर्जी परिचयपत्र भेटिएको भन्दै क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी गरेका कारण  अहिलेसम्म ताला नखुल्दा उम्मेदवारको मनोनयन पत्रको नामावली दाखिला हुन नसकेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले विद्यार्थी संगठन विच सहमती गराएपछि मात्र दाखिला हुने भन्दै सहमतीको बाटो खोजेको र मनोनयनको समय बेलुका ७ बजे सम्म सारेको निर्वाचन अधिकृत भत्तिराम न्यौपानेले  जानकारी दिए । 

विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गर्दा निर्वाचनको वातावरण बिथोलिएको र फर्जि परिचयपत्र भेटिएकोले एक जना सहायक क्याम्पस प्रमुखको हस्ताक्षर हुने गरी परिपत्रपत्र जारी गर्न अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, अखिल क्रान्तिकारीका विप्लव र अखिल संयुक्त प्यानलले वक्तव्य मार्फत जारी गर्दै तालाबन्दी गरेका थिए ।

अहिले विद्यार्थी संगठनसँग सहमति जुटाउने प्रयास भए पनि सहमति जुट्न सकेको छैन ।  नेपाल विद्यार्थि संघले भने निर्धारित समयमा निर्वाचनका काम हुनुपर्ने माग गरेको छ । नेविसंघ सँगै अखिल छैठौले पनि निर्वाचन कार्यतालिका अनुसारका काम निर्वाचन समितिले अगाडी बढाउनुपर्ने बताएकाे छ । 

No description available.

प्रतिक्रिया