ढोरपाटन नगरप्रमुख नेपालीको बयान सकियो मंगलबार थुनछेक बहस हुने 

  • असोज १५, २०८१

बागलुङ - इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिका बागलुङका नगरप्रमुख देवकुमार नेपाली सोमबार जिल्ला अदालत बागलुङमा बयानमा उपस्थित भएका छन् । 
सहकारी ठगी मुद्दाका आरोपी नेपालीलाई प्रहरीले सोमबार जिल्ला अदालत बागलुङमा हाजिर हो । सोमबार बिहान ११ बजे अदालत लगेपछि पौने १२ बजे मात्र अदालतमा बयानका लागि बोलाइएको थियो ।  उनको जिल्ला अदालत बागलुङमा बयान लिइएको थियो । 
गत शुक्रबार भारतको नयाँ दिल्लीमा पक्राउ परेका नेपालीलाई आइतबार काठमाण्डौबाट पोखरा सम्म जहाजमा र राति मात्र बागलुङ ल्याइपु¥याइएको हो । नेपालीलाई आइतबार जिल्ला प्रहरीको हिरासतमा राखिएको थियो । सोमबार विहान नेपाली सहित सहकारी मुद्धामै फरार रहेका ओम बहादुर नेपालीलाई पनि वयानका लागि अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी सुनिल शर्मा चिलवालले जनाएको छ । 
नेपालीको सोमबार साँझा मात्र बयान सकिएको हुँदा मंगलबार मात्र उनको थनछेक बहस हुने जिल्ला अदालत बागलुङ शाखा अधिकृत ऋषिराम रिजालले जानकारी दिए । ‘सोमबार बयान सकिएकोले मंगलवार थुनछेक हुनेछ’ शाखा अधिकृत रिजालले भने, ‘जाहेरवाला धेरै जान र धेरै मुद्दा समेत भएकोले बयान लामो भएको हो ।’ नेपालीलाई सोमबार पनि प्रहरीले आफ्नै हिरासतमा राखेको छ ।

बिहान ठिक ११ बजे प्रहरीको गाडिमा जिल्ला अदालतमा पु¥याइएका नेपालीलाई प्रहरीको सुरक्षा घेरमै इजलास पु¥याइएको थियो । मुद्दा लागेको डेढबर्षपछि उनी अदालत पुगेका हुन् । सोमबार बयानका लागि लगिंदा सहकारी पीडित संघर्ष समितिका अगुवा समेत अदालत परिसर पुगेका थिए ।
नेपाली बिरुद्द १ हजार ५ सय ४३ जना बचतकर्ताले रकम ठगीको आरोप लगाएर जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते जिल्ला अदालतमा १ अर्ब ५४ करोड रुपैया“ ठगीको आरोपमा मुद्दा दायर गरेको थियो ।  यो मुद्दामा सहकारीका अन्य पदाधिकारी र कर्मचारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरुलाई जिल्ला अदालत बागलुङको २०८० साउन ५ गतेको आदेशले पुर्पक्षकालागि थुनामा पठाएको छ । भण्डारी, बुढा र किसान साउन ५ गतेनै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर २०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षकालागि कारागारमा छन् । नेपाली ढोरपाटन नगरपालिकामा नेकपा एमालेको तर्फबाट दुइपटक सम्म  नगरप्रमुखको रुपमा निर्वाचित भएका हुन । 

प्रतिक्रिया