आर्थिक विकास र समृद्धिको मुख्य आधार नै कृषि हो–मन्त्री जि.सी

  • भदौ १०, २०८०

बागलुङ-   गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसिले आर्थिक विकास र समृद्धिको आधार नै कृषि क्षेत्र भएको बताएका छन । कृषि ज्ञान केन्द्र र भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले आयोजना गरेको आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक कार्यक्रमहरुको सार्वजनिकिकरण कार्यक्रममा बोल्दै मन्त्री जिसीले कृषि क्षेत्र आर्थिक विकासको मुल आधार मात्र नभई नेपालीको जिवनशैली परम्परागत सम्पत्ति भएको बताए । उनले गण्डकी प्रदेश सरकारले कृषिलाई उत्पादनमा आधारित रहेर काम गर्ने बताए । जिसीले प्रविधिको प्रयोग गरेर कृषि, पशुपालन लगायतका क्षेत्रमा लागानी मैत्री वातावरण गराएर कृषकलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए । उनले युवा जनशक्ति विदेश पलायनबाट रोग्नका लागि पनि कृषिलाई आधुनिकरण गरेर अगाडी बढ्न जरुरी रहेको बताए । जिसीले उत्पादनमुखी कार्यक्रमहरुलाइ प्रोत्साहन गर्ने, कृषि क्षेत्रमा आएका विभिन्न रोगहरुको ब्यवस्थापन गर्नका निम्ति तत्काल कृषि प्राविधिकहरुका  दरबन्दीहरुलाइ परिपुर्ति गर्न प्रदेश सरकारले स्थानिय सरकार सँग समन्वय गर्ने बताए । 

कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले  हाम्रो देशको मुख्य पेशा कृषि भएकाले यस क्षेत्रको  विकासको लागि आधुनिकरण खेती प्रणाली र दक्ष जनशक्तिको आवश्यकता रहेको बताए । उनले वास्तविक किसानको पहिचाहन गरी अनुदानका कार्यक्रम वितरण गर्न जरुरी रहेको बताए । 
कार्यक्रममा  गण्डकी प्रदेश सभा सदस्य तथा नेकपा माओबादी केन्द्रका सचेतक कुशुम बुढा ,  प्रदेश सभा सदस्य जित बहादुर शेरचन डिल्लीराम सुवेदी, जिल्ला कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापा, भूमि व्यवस्था मन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाइ, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ लगायतले कृषि  क्षेत्रलाई अझै उत्पादनमुखी बनाउन प्रविधिको प्रयोग र परम्परागत प्रणालीलाई निरन्तरता दिनुपर्ने बताए । 
कार्यक्रमा सहभागी कृषक र स्थानिय तहमा काम गर्ने कृषि प्राविधिकहरुले कृषिमा आत्मनिर्भरको वातावरण सिर्जना गर्न तिन तहकै सरकारले ध्यानदिनुपर्ने बताए । 
कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङको  चालु  आर्थिक बर्षमा कुल बजेट ४ करोड ५२ लाख रुपैयाँ रहेको छ । सवै कार्यक्रम प्रभावकारी ढंगले संचालन गरिने कार्यालयले जनाएको छ । कार्यक्रममा कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्षमा कुल बजेट रु ८ करोड ६ लाख ४८ हजार रुपैयाा बजेट रहेको जानकारी गराईएको थियो । त्यसैगरी बागलुङका सबै  स्थानीय  तहमा ११ करोड ८४ लाख २३ हजार रहेका छन । त्यसमा विशेष गरी खाद्यन्न र आलु प्रर्वद्धन कार्यक्रम रहेको ज्ञानकेन्द्रले जनाएको छ । 
कार्यक्रममा ढोरपाटनका युवा कृषक भकेन्द्र भन्डारी  अगुवा कृषक गंगा थापा , सिवासी सापकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा, बानपा ४ कि बिजुली उपाध्याय लगायतका कृषिकहरुले पछील्लो समय जनावरमा लागेका विभिन्न रोगहरुले गर्दा किसानहरु मर्कामा परेको बताएका थिए । उनिहरुले राज्यले जसलाई गाई भैसी मरेका छन तिनिहरुलाई उचित राहतको व्यवस्था गर्नुपर्नैमा जोड दिएका थिए । 
कार्यक्रममा कृषकका र अन्य सरोकारवालाको जिज्ञासालाई मन्त्रालयका निर्देशक बासुदेव रेग्मीले सम्बोधन गरेका थिए । रेग्मीले आगामी दिनमा कृषिमा यस्ता समस्या नदोहोराउनका निम्ती पहिले आवश्यक जनशक्तिको व्यवस्थापन गर्नुपर्ने बताएका थिए । त्यसका लागि प्रदेश सरकारले कार्यक्रम अगाडी बढाएको समेत जानकारी गराए ।  जिल्ला समन्व समिति बागलुङका प्रमुख अमर बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाको स्वागत र कृषि ज्ञान केन्द्र बागलुङका निमित्त कार्यालय प्रमुख कुमार पुनको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया