बागलुङ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपिको समाजवाद संगै आर्थिक विकासको पाटोमा अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन । ४१औं विपि स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बागलुङले शनिबार बागलुङको ऐतिहासिक महत्वपुर्ण शक्तिपिठ बागलुङ कालिका मन्दिर परिसरमा बृक्षारोपण पछि बोल्दै उनले मुलुकको आर्थिक परिवर्तनका निम्ती विपि कोइरालाको बिचार निकै महत्वपुर्ण भएको बताए । उनले विपि कोइराले देखाएको बाटोमा नेपाली कांग्रेस हिडेपनि परिकल्पना गरेको आर्थिक समृद्धिमा पुग्न बाँकी रहेको बताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका पाण्डेले पाण्डेले विपिलाई व्यक्ति हैन विचार हो भन्ने कुरा सबै राजनैतिक दलले स्विकार गरिसकेको बताए । उनले उहाँले विपिको समाजवाद आर्थिक विकासका निम्ती पनि हामीले सोच्नुपर्ने बताए ।
“विपिले देखाएको बाटोमा कांग्रेस हिडिरहेको छ, अन्य दलहरुले समेत विपिको विचारनै मार्गनिर्देशन गरेका छन, विपिले परिकल्पना गरेको आर्थिक समृद्धि र आर्थिक उन्नयनको पाटोलाई सार्थकता तुल्याउन नसकेको अवस्था छ” मुख्यमन्त्री पाण्डेले भन्नुभने “उनले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्नका लागि सबैले आ–आफ्नो स्थानबाट लागौं, देशमै उद्योग धन्दा, कल कारखाना र पर्यटनको माध्यमबाट देश आर्थिक समृद्धि तर्फ जानेछ ।”
अव विपिको विचार र दर्शनलाई बोकेर मात्रै नभएर व्यवहारमा उतार्न नेता तथा कार्यकर्ताहरुलाई मुख्यमन्त्रीले आग्रह गरे ।
मुख्यमन्त्री पाण्डेले वृक्षारोपण संगै कालिका मन्दिरको दर्शन गर्नुभएको थियो । कालिका मन्दिर परिसरमा ४१ औं विपि स्मृति दिवसका अवसरमा ४१ रुद्राक्षको विक्षारोपण गरिएको नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए । बृक्षारोपणका निम्ती गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापा पनि कालिका मन्दिरमा आएका थिए ।
कार्यक्रम नेपाली काँग्रेस बागलुङका सभापति जितबहादुर शेरचनको अध्यक्षता सचिव हरिहर शर्माको संचालनमा सम्पन्न भएको थियो । काँग्रेसले हरेक वर्ष यसै गरी स्मृतिदिवस मनाउँदै आएको छ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका दूरदर्शी नेता कोइरालाको वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ ।
वि.सं. २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएका काँग्रेसको महाधिवेशनमा उनले उक्त पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गरेका थिए ।
२०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका विपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।
राजनीतिका साथै साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याएका कोइरालाका तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७), मोदीआइन (२०३६), हिटलर र यहुदी (२०४०), बाबु,आमा र छोरा (२०४५), उपन्यास एवम् कथातर्फ–मेरो कथा (२०४०), दोषी चश्मा (२०३९) र श्वेत भैरवी (२०३९) प्रकाशित छन् ।
एनका साहित्यिक कृतिहरू विशेषतः यौन मनोविज्ञानमा आधारित छन् ।
विपी कोइरालाको तस्विर अङ्कित पहिलो हुलाक टिकट २०४७ सालमा प्रकाशन भएको थियो ।
गलकोटमा पनि मनाईयो विपिस्मृति दिवस
बीपी स्मृति दिवस २०८० को अवसरमा गलकोट नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस गलकोट नगर कार्य समितिको आयोजना, नेपाल तरुण दल, नेपाल शिक्षक संघ, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल भू.पू. सैनिक संघ, नेपाल दलित संघ, नेपाल निजामति कर्मचारी युनियन गलकोटको सह आयोजनामा गलकोट नगरपालिकामा ४१ औँ बीपी स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति कुलराज शर्मा पौडेलले बीपीको आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने बताए । उनले बीपीले नेपालको राजनितिक परिवर्तनमा दिएका योगदान र कांग्रेसमा बीपीले प्रतिपादन गरेका सिद्धान्तलाई मनन् गर्ने सम्झिने र सहि बाटोमा हिड्न, बीपीको विचार प्रयोग गर्न आग्रह गरेका थिए ।
कार्यक्रमको अवसरमा गलकोट माद्यमिक विद्यालयमा राष्ट्रिय फुल गुराँस लगायतका करिव १५ प्रजातिका फुलहरु लगाएर वृक्षारोपण गरिएको नेपाली कांग्रेस गलकोट नगर सभापति विरजंग भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रम नेपाली कांग्रेस गलकोट नगर सभापति विरजंग भण्डारीको अध्यक्षता र सचिव योगेश भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।