कालिका कप भलिबलमा पुलिस र गलकोट फाइनलमा

  • चैत १६, २०७९

बागलुङ-  बागलुङमा जारी कालीका कप खुला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र गलकोट घुम्टे क्लब फाइनल प्रवेश गरेका छन् । चैत्राष्टमी मेलाको अवसरमा आयोजित खेलमा पुलिसले हिललाइट निर्माण सेवा सेतो र गलकोटले हिलसाइटकै निलो समूहलाई पराजित गरेर फाइनल यात्रा गरेको हो ।

 
बिहिवार बिहानको पहिलो सेमी फाइनल खेलमा पुलिसले ३/१ सेटमा जित हात पारेको हो । त्यस्तै दोश्रो खेलमा गलकोट घुम्टे क्लबले हिललाईट निलोलाई पनि ३÷१ कै सेटमा पराजित गरेको थियो । दुवै खेल बेस्ट ५ मा खेलाइएपनि दुवै खेल ४ खेलमा टुंगिएका थिए । 

त्यस अघि भएका क्वाटर फाइनलको खेलमा हिलसाइट निर्माण सेवा निलोले निर्माण व्यवसायी संघ बागलुङलाई सोझो दुइ सेटमा जित निकालेको थियो । चैतेदशै मेलाको अबसरमा आयोजित खुला भलिबल प्रतियोगितामा १४ टिमले भाग लिएका थिए । खेलमा पहिलो हुनेले ३ लाख नगद सहित मेडल र प्रमाणपत्र पाउने छन्  । दोश्रो हुनेले १ लाख ५० हजार, तृतिय हुनेले ७० हजार र सान्त्वना हुनेले २० हजार नगद पुरस्कार पाउने खेल संयोजक अर्जुन खड्काले जानकारी दिए ।

मेलालाई आर्कषक बनाउन लोकदोहोरी गीत प्रतियोगिता, विभिन्न कलाकारको प्रस्तुती लगायतको आयोजना  गरिएको छ । गन्तव्य कालीका अभियान सफल पार्न मेला र खेलले समेत साथ दिने कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । 


 

प्रतिक्रिया