बागलुङ- आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा काँग्रेस बागलुङका पुर्व सभापति प्रकाश शर्मा पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
संविधान सभा सदस्य समेत रहेका पौडेलले सामाजिक सञ्जाल मार्फत आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन । बागलुङ काँग्रेसको सभापति हुँदा जिल्लाको संगठनलाई गतिशिल बनाएका पौडेलले आफ्नो कार्यकालमा तत्कालिन तिन वटै क्षेत्रमा काँग्रेसलाई जिताएर बागलुङ जिल्ला भरी नै शाख जमाएका थिए ।
अघिल्लो १३ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उम्मेदवार दिएका पौडेलले यस पटक पनि आफ्नो उम्मेदवारी रहेको बताए । पौडेल जिल्लामा विकास प्रेमी नेताको रुपमा पनि चिनिन्छन । उनि यस अगाडीको प्रदेश सभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ (ख) को प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका थिए ।
पौडेल नेतृत्व लिएर काालिगण्डकी करिडोर निर्माणका लागि नेपाली सेनालाई जिम्मा लगाएर जिल्लाको दक्षिण क्षेत्रलाई सडक सञ्जालले जोड्न महत्वपुर्ण भुमिका खेलेका थिए । जिल्लामा सवै कार्यकर्ताको प्रिय पात्र भएका पौडेल यसपाली केन्द्रमा होमिएका छन ।
२०३६ सालको आन्दोलन देखि निरन्तरका आन्दोलन जेलनेल र पार्टीको हरेक तहमा रहि सफल नेतृत्वदायी भुमिका गरेका पौडेल जिल्लाबाट सात पटक महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन । पौडेलले केन्द्रीय तहमा नेतृत्व गरेर पार्टी संगठनलाई जुझारु बनाउनका निम्ती आफुले उम्मेदवारी दिएको उनले बताए । ‘मेरो उम्मेदवारी काँग्रेसलाई गतिशिल बनाउका लागि हो र जिल्लामा जसरी काम गरे केन्द्रीय नेतृत्वमा रहेर पनि त्यसैगरी काम गर्नेछु, पौडेलले भने,–‘अबको काँग्रेस रुपान्तरणका निम्ती मेरो उम्मेदवारी हो । पार्टी भित्र रहेर संगठन मजबुत बनाउका लागि पहल गर्ने छु ।’
पौडेल काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन । जिल्लामा पौडेल निकटको राम्रो पकट रहेको छ । उनि काँग्रेसको गण्डकी प्रदेश समितिको उपसभापति वा महामन्त्रीको चर्चा चलेको थिए । पछि आफ्नै पुर्व सभापति हरिप्रसाद श्रेष्ठ उपसापतिमा उम्मेदवार बनेपछि पौडेल पछि हटेका थिए । प्रदेशमा अग्रजलाई सम्मान गरेपछि अहिले आफु केन्द्रीय सदस्यको उम्मेदवारको रुपमा उभिएको बताए । केन्द्रीय राजनितिमा संस्थापन र संस्थापनइनतर समुहको प्यानलै बनाएर निर्वाचन हुने सम्भावना देखिएको छ । काँग्रेसको अधिवेशन मंसिर २४ देखी २८ गते सम्म काठमाडौं चल्ने छ ।