स्वास्थ्यमा गण्डकी प्रदेशले फड्को मारेको छ –मन्त्री पाठक

  • माघ १४, २०८२

बागलुङ-  गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेशले फड्को मारेको बताएका छन ।  धौलागिरी आर्युवेद अस्पताल बागलुङमा नवनियुक्त अस्पताल व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुको पदभारग्रहण कार्यक्रममा बोल्दै पाठकले गण्डकी प्रदेश स्वास्थ्य क्षेत्रमा सात वटै प्रदेशमा उत्कृष्ट रहेको दाबी गरेका हुन । 
उनले आफु स्वास्थ्य मन्त्री भएको १७ महिना पुगेको र यो अवधिमा प्रदेश भरीका अस्पतालमा कुल ३०० शैया रहेकोमा हाल ८०० शैया बनाएको बताए । उनले अस्पतालका भौतिक पुर्वाधार निर्माण लगायतका काममा पनि उल्लेखिय प्रगति भएको दाबी गरे । “म मन्त्रालय समालेको १७ महिना जति भयो, प्रदेश भरका ११ जिल्ला अस्पतालमा जम्मा ३०० शैया रहेका थिए यसलाई ८०० बनाऔँ । पाठकले भने,–‘७ सय दरबन्दी पनि सिर्जना गरिएको छ, नयाँ वएनएम गरिएको छ  । साच्चै प्रदेशका अस्पताललाई अस्पतालको रुपमा विकास गरिएको छ । अन्य प्रदेशले भन्दा गण्डकीले स्वास्थ्यमा फड्को मारेको छ ।”
उनले प्रदेश सरकार मताहत रहेका अस्पतालमा  औजार उपकरणका साथै विशेषज्ञ डाक्टरहरुको व्यवस्थापन पनि भएको बताए । पाठकले धौलागिरी प्रादेशिक अस्पताल बागलुङलाई ५० शैया बाट १०० शैया र नवलपुरमा रहेको मध्यविन्दु अस्पताललाई २५ शैया बाट १०० शैयामा स्तरोन्नती गरेको बताए । उनले अन्य जिल्लाका अस्पताललाई पनि ५० शैयाको बनाएको जानकारी दिए । 
पाठकले ११ जिल्लामा दुई आयुर्वेद अस्पताललाई स्तरोन्नती गरिएको बताए । बागलुङको धौलागिरी आयुर्वेद अस्पताल र कास्कीको गण्डकी आयुर्वेद अस्पतालमा अन्तरंग सेवा सहित २५ शैयाको अस्पताल संचालन गरिएको बताए । उनले आयुर्वेद उपचार पद्धतीको महत्व बढ्दै गएको हुनाले प्रदेश सरकारले यसलाई व्यस्थित गर्दै लगेको बताए ।  
कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य एवं पूर्व मन्त्री दिपेन्द्र बहादुर थापाले पछिल्लो समयमा आयुर्वेद प्रति विश्वास बढ्दै गएको बताए । उनले आफ्नो बारी जंगलमा पाईने जडिबुटिको भरपुर प्रयोग गरी यही औषधी उत्पादन गर्ने ठाउँको रुपमा विकास गर्नेपर्नेमा जोड दिए । 
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, धौलागिरी अस्पताल विकास समितिका अध्यक्ष श्रीप्रसाद शर्मा लगायतले बालेका थिए । 
नवनियुक्त अध्यक्ष तेजबहादुर कुँवर सन्तोषले अस्पतालको विकासका निम्ती आफु दिनरात खट्न प्रतिवद्धता व्यक्त गरे । उनले यहाँ भौतिक संरचना कम भएको र निर्माणको लागि पनि स्थान नभएको हुँदा सवै सँगको समन्वयमा अस्पताललाई फराकिलो बनाउने  आफ्नो सोच रहेको बताए । 
अस्पताल विकास समितिको अध्यक्षमा कुँवर सहित सदस्यमा पार्वती खड्का अधिकारी, संदिप कंडेलरहेका छन । सात सदस्यीय विकास समिति समितिमा पदेन सदस्यको रुपमा बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय रहेको छ भने सदस्य सचिवको रुपमा आयुर्वेद अस्पतालका प्रमुख रहने व्यवस्था रहेको छ । 
कार्यक्रम नवनियुक्त अध्यक्ष कुँवरको अध्यक्षता अस्पतालमा प्रमुख डा. शरद पन्थीको स्वागत र डा. कमलविक्रम पौडेलको संचालनमा सम्पन्न भएको थियो । 

 

प्रतिक्रिया