• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • स्थानीय सरकार ,
  • पर्यटन

गण्डकीको मन्त्रीपरिषद बैठक बागलुङको पञ्चकोटमा

  • माघ २७, २०८०

बागलुड - गण्डकी प्रदेश सरकारको आगामी मन्त्रिपरिषद्को बैठक बाग्लुङको ऐतिहासिक, धार्मिक स्थल पञ्चकोटमा बस्ने भएको छ । माघ २९ गते सोमवारका दिन पञ्चकोटमा मन्त्रीपरिषदको बैठक बस्ने भएको हो। प्रदेश भित्रका ऐतिहासिक, धार्मिक, पुराातात्विक, पर्यटकीय स्थलहरुको प्रर्वद्धनकालागि प्रदेशका बिभिन्न ठाउँमा मन्त्रिपरिषद्को बैठक गर्ने योजना अनुसार सोमवार पञ्चकोटमा बैठक बस्ने मा. मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । पञ्चकोटको पर्यटन प्रर्वद्धनमा मद्धत पुगोस् भन्ने सरकारको अपेक्षा छ ।

यहाँ फागुन ९ देखि २३ गते सम्म पञ्चकोटमा ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८०’ पनि हुँदैछ ।

प्रतिक्रिया