काठमाडौँ–अधिकांश मानिस कुनै पनि क्षेत्रमा क्षणिक लाभका लागि लाग्ने गर्छन् । प्राप्ति नभए त्यो क्षेत्र छाड्ने अन्यत्र अवसर खोजिहाल्ने । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)मा एक अभियान्ता यस्ता छन्, जो पद पाउँदा या नपाउँदा निरन्तर क्रियाशिल छन् । ती हुन् सोम सापकोटा । जो करिब दुई दशकदेखि एनआरएनए अभियानमा निरन्तर काम गरिरहेका छन् । सापकोटा र एनआरएनए पर्याय जस्तै भएका छन् । जहाँ एनआरएनएको अभियान त्यहाँ सोम सापकोटा ।
तीनै सापकोटा अहिले एनआरएनएको आसन्न महाधिवेशनमा उपमहासचिवको प्रत्यासी रहेका छन् । एनआरएनएका एक पूर्व अध्यक्षले भने–‘एनआरएनए र सोम ‘पर्याय’ हुन् । सापकोटा बिनाको एनआरएनए अभियान अधुरो हुन्छ ।’ सापकोटा विश्वभरका एनआरएनएबीच लोकप्रिय छन् । उनलको लोकप्रियताले विजय यात्रातर्फ उन्मुख गराएको छ । सङ्घको स्थापनाकालदेखिनै सक्रिय सापकोटा सङ्घको विभिन्न पदीय जिम्मेवारी रही नेपाल र नेपालीहरूको हक हितका सस्थागत रूपमा क्रियाशील रहँदै आएका छन् ।
सन् २००६ मा गैर आवासीय नेपाली सङ्घ पोर्चुगलको राष्ट्रिय समन्वय परिषदको निर्वाचित सदस्य हुँदै संघमा जोडिएका सापकोटाले सन् २०ब०८ मा डेनमार्कको संस्थापक अध्यक्ष जिम्मेवारी निवार्ह गरे । सापकोटा सन् २०११–२०१३ सम्म गैरआबासीय नेपाली सङ्घको केन्द्रीय सदस्य सन् २०१५–२०१७ यूरोपको उपसंयोजक र सन् २०१७–२०१९ मा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्य परिषदको सहकोषाध्यक्षमा निर्वाचित भए । यसैगरी सन् २०१९–२०२१ मा केन्द्रीय सल्लाहकार भएका सापकोटा हाल सङ्घको प्रवक्ताको जिम्मेवारीमा रहेका छन् । नेपालमा गैरआवासीय नेपाली सङ्घ मध्यमबाट ईलाइबेरी स्थापना, पर्यटन प्रवर्द्धन, लगानीमार्फत रोजगारी लगायतमा सापकोटाले भूमिका खेलेका छन् ।
सापकोटाले संस्थाको सुदृढ़ीकरण, पूर्ण व्यवस्थित साथै विश्वभरि छरिएर रहनु हुने प्रवासी नेपालीहरूलाई एउटै छानामुनी केन्द्रित गर्दै भाइचाराको सम्बन्ध विकास गर्दै प्रवास बस्ने नेपालीहरू को साझा सङ्गठन निर्माणमा क्रियाशील हुने बताए । उनले गैरआवासीय नेपाली सङ्घको केन्द्रीय कार्यालयबाट जेजति डेलिभरी दिन नसकेको बताउँदै सचिवालयलाई व्यवस्थित मर्यादित पारदर्शी प्रविधिमैत्री क्रियाशील बनाइ सङ्घका नियमित रूपमा हुने बैठक, सेमिनार, गोष्ठी अनि सभा सम्मेलन परिमार्जित गर्दै नीतिगत अस्पष्टता लाई सम्बोधन गराई एकत्रित गतिशील गैर आवासीय नेपाली सङ्घ निर्माणमा केन्द्रित हुने उद्देश्य उम्मेदवारी दिएको उनको भनाई छ ।