श्रीमान् खोज्दै बागलुङ आएकी बिर्मा भन्छिन् दुई छोराको जन्मदर्ताका कसले गरिदिने

  • मङ्सिर ४, २०८२

बागलुङ !  बिर्मा विश्वकर्मा उनी सानै देखी आफ्नो परिवारसँग भारतमा बस्दै आएकी थिईन । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९  घर भएकी बिर्मा भारतमै रहँदा बागलुङका एक युवासँग भेट भयो । भारतको हिमाञ्चलमा बस्दै आएकी उनि बागलुङको काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीका रामप्रसाद कँडेलसँग विवाह बन्धनमा बाधिईन । उनिहरु धेरै वर्ष भारतमा नै बसे दुई छोरा जन्माएपछि यहाँका कंडेल नेपाल फर्किए । तर उनि नेपाल फर्किर अर्को विवाह जेठी पत्नी विर्मालाई थाहा पत्तो भएन । अहिले उनि अलपत्र परेकी छन । आफ्ना दुई छोराको जन्मदर्ताका लागि श्रीमान खोज्दै विर्मा बागलुङ आएकी छन । तर श्रीमान भने जापान भएको र सम्पर्कमा नै नरहेको उनि बताउँछिन ।  उनले जन्माएका दुइ छोराको अहिलेसम्म जन्मदर्ता समेत भएको छैन । भारतबाट फर्किएर हाल नेपालगन्जमा छोराहरुलाई पढाउँदै आएकी विर्माले  कँडेलसँग १६ वर्षअघि विवाह गरेकी थिइन् । उनका १५ वर्षका अनन्त र १२ वर्षका आयुष गरी दुइ छोरा छन् । अहिलेसम्म बिर्माको न नागरिकता छ न विवाह दर्ता ।

भारतकै अस्पतालमा जन्मेका ती बालकको जन्म प्रमाणपत्रमा बाबु रामप्रसाद कँडेलको नाम उल्लेख छ । नेपाल आउने जाने क्रममा कँडेलले भने दोश्रो विवाह गरी विवाह दर्ता समेत गरेको खुलेको छ । उनको पहिलो पत्नि रहेको, छोराछोरी भएको भने अभिभावक र गाउँमा जानकारी नभएको स्थानीयले बताए । अघिल्लो वर्षसम्म नियमित सम्पर्कमा रहेर विभिन्न बहानामा गाउँमा नल्याइ पत्नि बिर्मालाई कँडेलले नेपालगञ्जमै राख्ने गरेका थिए । बेलाबेला पैसा पनि पठाएको, गाउँमा दुःख हुन्छ भन्दै तराइमा राखेको समेत खुलेको छ । उहाँले विहे गर्ने बेलामा म दलितको केटी हजुर ब्राहमण हाम्रो सम्बन्ध कसरी होला  भन्दा म यस्तो कुरा मान्दीन माओबादी हुँ जातभात केही भन्दिन भन्दै मलाई विहे गरेर ल्याउनुभयो । केही समय भारतमा नै नोकरी गरेर बस्यौँ विर्माले भनिन्– छोराहरु ठुला हुँदै गएपछि पढाउनका निम्ती नेपाल आयौं नेपालगन्जमा मेरो पुरानो घर भएका हुँदा बागलुङ भन्दा उतै बस्यौँ, पहाडको घर नजाउ उहाँ दुःख हुन्छ भन्नु भयो म माने तर उहाँले यहाँ आएर अर्कै विहे गर्नुभएको रैछ । 
 गतवर्ष छोराहरुको जन्मदर्ताका लागि बागलुङ आउँदा कँडेलले अर्को विहे गरेको खुलासा भएको उनी बताउँछिन ।  उनले कंडेलललाई नभेटेपनि परिवारका सदस्यलाई भेटेको र  बस्न नदिएपछि नेपालगन्ज नै फर्किएकी थिईन ् । गाउँमा भेला भएका छिमेकीले ५ लाख रुपैयाँ दिन्छौं, फर्केर जाउ भन्दै पठाउन खोजेको बिर्माले बताइन् । उनले आफ्नो अवस्था जे जस्तो भएपनि छोराहरुको जन्मदर्ता गराउनुपर्ने माग गर्दा परिवारका सदस्यले उल्टै गालीबेइज्जती मुद्दा दिएर प्रहरीमा लगेको बिर्माले गुनासो गरिन् ।

नेपाल पत्रकार महासंघमा गुनासो लिएर आइपुगेकी बिर्माले न्याय खोजेको बताइन् । उनको न्यायका लागि राष्ट्रिय दलीत महिला सञ्जालकी कोषाध्यक्ष सरस्वती रामदामले पनि पहल गरेको बताइन् । ‘बालबालिकाको न्यायका लागि हामी हिंडेका छौं, तर गाउँमा आइपुग्दा आफ्नै परिवारका सदस्यलाई बस्न दिएनन्’ उनले भनिन्, ‘केही दिन बसेपछि उनीहरु संचार माध्यमबाट घटनाबारे जानकारी दिन आइपुगेका हुन् ।’

बिर्माकी काकी सन्तोषी पनि लेखानी पुगेकी थिइन् । हाल कँडेल विदेश गएको भन्दै परिवारका सदस्यले भने जेठी पत्निबारे जानकारी नभएकोले अपरिचित व्यक्तिलाई बस्न दिन नसकेको बताउँदै आएका छन् ।
६ वर्ष पहिले २ छोरा र बिर्मालाई नेपालगञ्ज माइतीमा छोडेर बिरामी आमा भेट्न जान्छु भन्दै घर गएका रामप्रसादले आफ्नो घर कपिलवस्तु बताएका थिए । फोनबाटै छोराहरु र बिरमायकै भविष्यका लागि जापान जान लागेको बताए । जापान गएपछि पनि रामप्रसादले विर्मा र छोराहरुलाई खर्च पठाउँथे । कक्षा ८ मा पढ्दै गरेका १६ वर्षीय छोरालाई विद्यालयले पटक पटक जन्मदर्ता मागेपछि श्रीमान जापन भएकै बेला उनको घरखोज्दै बागलुङ आएको बताउँछिन । घर आएपछि श्रीमानकी अर्की श्रीमती र बच्चा समेत रहेको थाहा पाएकी विर्मासँग सोही समयबाट श्रीमान सम्पर्कमा छैनन् ।

प्रतिक्रिया