लैङ्गिक हिंसा विरुद्धको १६ अभियान सुरु

  • मङ्सिर ९, २०८२

बागलुङ- हरेक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० गते सम्म मनाउँदै आईरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंगलबार देखी सुरु भएको छ ।  प्रविधिको सहि प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्तय गरौँ भन्ने मुल नाराका साथ बागलुङ नगरपालिका कार्यालयको  आयोजनामा पहिलो दिन सचेतना मुलक प्रभातफेरी सहित अभियानको शुभारम्भ गरिएको छ । बागलुङ बजारको प्रभातफेरी पश्चात भएको कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य कुशुम बुढा मगरले हाम्रो समाजमा अझै पनि दिन प्रतिदिन लैङ्गिक हिंसाका घटनाहरु घट्दै गएको हुँदा यसको अन्त्यका निम्ती सवै एक जुट हुनुपर्ने बताईन उनले हिंसारहित समाज निर्माणका निम्ती सवै वर्ग र समुदायमा सचेतना आवश्यक रहेको बताईन । बुढाले हिंसाको सिकार जो कोही पनि बन्न सक्ने भन्दै यसलाई रोकथाम गर्न बेलैमा सचेत रहनुपर्नेमा जोड दिईन । कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारीले पछिल्लो समयमा प्राविधिको विकाससँगै लैङ्गिक हिंसाका घटना पनि झनै बढ्दै गएका हुँदा यसको सहि सदुपयोग गर्न सकेमा रोकथाम पनि गर्न सकिने बताए । कार्यक्रमको अध्यक्षता गरेका बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ हिंसात्मक गतिविधि रोकथामका सवै नागरिक सचेत भएमा सम्भव रहेको बताए । उनले हिंसा प्रायः महिलामाथी हुने गरेको भनिएपनि पुरुष समेत हिंसाको सिकार बनेका घटना धेरै रहेको बताउँदै त्यसका लागि समाज सभ्य र हिंसाविरुद्द लाग्ने तत्परता चाहिएको धारणा व्यक्त गरे । १६ दिनसम्म मनाइने कार्यक्रममा नगरपालिका, विभिन्न स्थानीय तहसहित वडा वडामा पनि रचनात्मक काम गरेर दिवश मनाउने लक्ष्य राखिएकोे महिला विकास शाखा प्रमुख रचना आचार्यले जानकारी दिईन । दिवशको अवसरमा सेतो रिवन लगाउने काम पनि शुरु भएको छ । कार्यक्रममा जिल्लाका महिला अधिकारकर्मी विभिन्न संघसंस्था प्रमुख एवं प्रतिनिधि, कानुन व्यवसायी, पत्रकार लगायतको सहभागिता हरेको थियो । 

प्रतिक्रिया