नेपाल विद्यार्थि संघको ५३ औं स्थापना दिवस बागलुङमा पनि मनाईएको छ । नेविसंघ धौलागिरी बहुमुखी क्याम्पस इकाइ समितिले स्थानिय तहको निर्वाचनमा विद्यार्थीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्काले देशको राजनितिक परिवर्तनका निम्ती नेपाल विद्यार्थी संघको ठुलो भुमिका रहेको बताएकी छन । उनले देशमा राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्नका साथै अन्य आन्दोलनमा पनि नेविसंघको ठुलो भुमिका रहेको बताएकी छ ।
उनले विद्यार्थी राजनिति देखी नै अग्रसर भएको व्यक्ति भोली देशको उच्च तह सम्म पुग्ने हुँदा शिक्षा सँगै राजनिति प्रति पनि विद्यार्थीले चासो दिनुपर्ने बताईन । खड्काले अब आउने स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई भोट दिएर आफ्नो गाउँ समृद्धि र विकासको खाका कोर्नुपर्ने बताईन । ‘अघिल्लो निर्वाचनमा कम्युनिष्टहरुको सरकार पनि हेरियो । उनिहरुको काम भन्दा पनि हेरियो भ्रष्टचार बढि रहेको छ । खड्काले भनिन्–‘नेकपाको सरकार आफ्नो पाँच वर्ष विताउन पनि नसक्दा अहिले पुन काँग्रेसले समाल्नुपरेको छ । देशका हरेक संकटमा काँग्रेसले अग्रसर नलिई हुँदैन । त्यसैले अब पनि काँग्रेसलाई नै जिताउनुपर्छ ।’
खड्काले सम्पुर्ण नेविसंघका आवद्ध विद्यार्थीहरुलाई आउँदो स्थानिय तहमा गाउँमा गएर मतदाता शिक्षा प्रदान गर्नुका साथै काँग्रेसको पक्षमा भोट माग्नका लागि आग्रह गरिन ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सचिव हहिर शर्माले आउँदो स्थानिय तहको निर्वाचनमा नेविसंघको महत्वपुर्ण भुमिका हुने हुँदा पार्टीले जिम्मेवारी दिएका काममा अग्रसर भएर लाग्न विद्यार्थीलाई आग्रह गरे । उनले शिक्षा संगसगै सामाजिक क्षेत्रमा पनि विद्यार्थीहरु क्रियाशिल हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष खड्क थापाले आउँदो निर्वाचनमा विद्यार्थीको भुमिकाका विषयमा प्रष्ट पारेका थिए ।
प्रजातन्त्रबादी प्रध्यापक संघका सभापति दिपक प्रसाद कंडेल, नेपाल विद्यार्थी संघका नेता विषेश पराजुली लगायतले बालेका थिए ।
२०२७ साल वैशाख ६ गते नेविसंघको स्थापना भएको थियो । नेविसंघको संस्थापन सभापति हालका पार्टी सभापति शेरवहादुर देउवा हुन । विद्यार्थी राजनिति देखी नै आफ्नो राजनिति सुरु गरेका देउवा काँग्रेसको दुई पटक सभापति भए भने ७ पटक देशको प्रधानमन्त्री भएका छन ।
कार्यक्रम नेपाल विद्यार्थी संघ धौलागिरी बहुमुखी क्याम्पस इकाई समितिका सभापति दिनेश पन्तको अध्यक्षता र सचिव दिपक सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।