बडिगाडमा जंगली च्याउ खाँदा दुई जना बिरामी

  • असार ३१, २०८०

बागलुङ ।  बागलुङको बडिगाडमा जंगली च्याउ खाँदा दुई जना बिरामी परेका छन् । आईतबार जंगलमा भेटाएको च्याउ पकाएर खाँदा बडिगाड गाउँपालिका– ४ जलजला ४२ बर्षिया कर्णबहादुर सिंजाली र ७६ बर्षिय डिला सिंजाली  विरामी परेका हुन् ।
जंगलमा टिपेर ल्याएको च्याउ खाएर विरामी परेपछि दुवैजनालाई बडिगाड गाउँपालिका–५ मा रहेको ग्वालीचौर स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो । स्वास्थ्य चौकीमा सामान्य उपचारका क्रममा कर्णबहादुरलाई थप समस्या भएपश्चात थप उपचारका लागि धौलागिरी अस्पताल बागलुङमा पुराईएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी जानकारी दिईन । डिलाको भने ग्वालीचौरमा नै उपचार गरिएको छ । अर्थचेत अवस्थामा रहेका कर्णबहादुरको धौलागिरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रेफर गरिएको छ । अस्पतालमा डा. नकुल रेग्मी र डा. नियम शर्माका टिमले उनको उपचारमा खटेका थिए । विरामीको अवस्था झनै जटिल भएका कारण थप उपचारका निम्ती पोखरा पठाईएको धौलागिरी अस्पतालका डा. नकुल रेग्मीले जानकारी दिए । 
 

प्रतिक्रिया